नेपालको दुष्मन भनेको भ्रष्टाचार रहेको : गण्डकी प्रदेश प्रमुख शेरचन

अमिर रामदाम, कास्की : दलित समुदाय भनेको परम्परागत नेपालको पहिलो प्राविधिक रहेको गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले बताउनुभएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको ऐतिहासिक प्रथम गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै प्रमुख शेरचनले सो कुरा बताउनुभएको हो । उहाँले नेपालको एक नम्बरको दुष्मन भ्रष्टाचार रहेको बताउँदै अबको समयमा भ्रष्टाचारको विषयमा कलम चलाउन सबै दलित समुदायका पत्रकार एवं सञ्चारकर्मीहरूलाई अनुरोध गर्नुभएको छ ।

“अब दलित शब्दको विषयमा सोच्न आवश्यक रहेको बताउँदै” उहाँले दलित समुदाय भनेको सक्षम इन्जिनियरको सन्तान भएकाले दलित भन्दै आफूलाई अपमानित महशुस नहुन आग्रह गर्नुभएको छ ।

उहाँले दलित समुदायले श्रम खर्च गरेर बनाएको मूर्तिहरू आफैले पुज्न नपाउने घटनाको समाचारहरू प्रकाशन र प्रसारण हुँदा आफूलाई मन दुखेको बताउनुभएको छ । उहाँले नेपालमा धेरै जातहरू नभई दुईवटा जातहरू एउटा पुरूष र अर्को महिला मात्र रहेको बताउनुभएको छ ।

जब हामी जातिवादमा गयौ भने त्यसले विभेद निम्त्याउँने भएकाले यदि विभेदको अन्त्य गर्न सकियो भने स्वतः जातिवादको समाप्त हुने प्रदेश प्रमुख शेरचनले बताउनु भएको छ ।

दलित समुदायको पत्रकार एवं सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागी विभिन्न तालिम, गोष्ठी, सेमिनार लगायतको कार्यक्रमहरू केन्द्रले संचालन गर्ने राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष एवं संविधान सभा सदस्य विनोद पहाडीले बताउनुभएको छ । उहाँले राष्ट्रिय दलित पत्रकार संघ नेपाललाई नेपालकै नमूना संस्था बनाउने उद्घोष गर्नुभएको छ ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य डि.बि.नेपाली, गण्डकी प्रदेशका सांसदहरू दोबाटे विश्वकर्मा, जुनादेवी नेपाली, राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराईली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रेस युनियन नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, ब्रोडकाष्टिङ एशोसियसन नेपाल

( बान)का केन्द्रीय महासचिव दुर्गा अधिकारी, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य बुद्धिबहादुर विश्वकर्मा, रिता बुढाथोकी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष गंगाधर पराजुली, पत्रकार महासंघका गण्डकी प्रदेश अध्यक्ष तथा प्रेस संगठनका गण्डकी प्रदेश सहसंयोजक त्रिभुवन पौडेल, राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाग्मती प्रदेशका सहसचिव सरोज उपरकोटी, राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला समिति चितवनको अध्यक्ष अमिर रामदाम लगायतले बोल्नु भएको थियो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेश इन्चार्ज दीपक परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ सय जना दलित समुदायको पत्रकार एवं सञ्चारकर्मीहरूको प्रतिनिधित्व रहेको थियो ।

त्यस्तै आज बुधबार सम्पन्न ऐतिहासिक प्रथम गण्डकी प्रदेश भेलाले रेम विश्वकर्मा (कास्की )को अध्यक्षतामा १९ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षहरू पूर्ण विके (तनहुँ), लोकेद्र सुनार (बाग्लुङ), सन्तोष परियार(कास्की), सचिव डिबी मजाकोटी(लम्जुङ), सहसचिव सूर्य परियार (कास्की), कोषाध्यक्ष लक्ष्मी सुनार( गोरखा), सदस्यहरु लक्ष्मी ल्वागुन, सज्जन सिंह विश्वकर्मा,

रामकृष्ण बोहोरा, डिलबहादुर विश्वकर्मा, यम बसेल, नेगम परियार, दयाराम गहतराज, राम सुनार, कामना सुनार, सुरेन कुमार नेपाली सर्वसम्मत चयन हुनुभएको छ साथै दुई जना सदस्य कार्यसमितिबाट मनोनयन हुने अध्यक्ष मण्डलका संयोजक बुद्धिबहादुर विश्वकर्माले बताउनुभएको छ । त्यस्तै भेलाले तीन सदस्यीय सल्लाहकार समिति सर्वसम्मत चयन गरेको छ । सल्लाहकारहरुमा राजेश कुमार सुनाम, भीमबहादुर रसाईली र नरमाया रसाईली रहनुभएको छ ।