वडाध्यक्षसहित १६ जना जुवाडेे पक्राउ

धनगढी :  नेपाल प्रहरीले कैलालीको गोदावरी नगरपालिकामा एक जुवाघरमा झापा मारेको छ । प्रहरी अपरेशनमा परी एक वडाध्यक्षसहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार स्थानीय एक जुवाअड्डामा जुवा खेलिरहेका गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ परेका हुन् ।

घटनाबारे विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत् जानकारी दिइने प्रहरीले जनाएको छ ।