शारीरिक सम्पर्कका बेलामा गर्नै नहुने यी काम

एजेन्सी । शारीरिक सम्बन्ध स्वास्थ्यका लागि लाभदायक मानिन्छ । हामीले प्रजनन मार्फत मानव सभ्यतालाई निरन्तरता र सन्तुष्टिका लागि शारीरिक सम्पर्क गर्दै आएका छौँ ।

यौन सम्पर्क गर्दा शरीरमा प्रतिरोधात्मक क्षमतामा वृद्धि, रक्तचाप नियन्त्रण र तनाव कम हुने जस्ता थुप्रै फाइदाहरू छन् । नियमित यौन सम्पर्क गर्दा महिलाहरूमा पाठेघर र पुरुषहरूमा प्रोटेष्ट क्यान्सरको सम्भावना कम हुन्छ ।

शारीरिक सम्पर्क गर्दा हामीले केही कुरामा भने विशेष ध्यान दिनुपर्छ । शारीरिक सम्पर्कको समयमा महिलाले चुम्बन गरेको राम्रो मान्दैनन् । चुम्बनले उत्कर्षमा पुग्न लागेको कुरा परिवर्तन गरिदिन्छ ।

महिलाका विभिन्न अंगमा टोक्दा पनि उनीहरुले राम्रो मान्दैनन् । केहीले पिट्ने, टोक्ने र विभिन्न अंगमा पीडा दिने गर्छन् । यसले महिला यौनमा निरुत्साहन हुन्छन् । त्यसैले यस्ता क्रियाकलाप गर्नु हुँदैन ।

शारीरिक सम्बन्धको समयमा यौन अंगमा मात्र ध्यान दिनु हुँदैन । सकभर ढाड, गर्धन, तिघ्रा, पेट र जोर्नीलगायतका संवेदनशील अंगमा स्पर्श गर्नुपर्छ । यौन अंगमा मात्र ध्यान दिदा महिलामा नकरात्मक सोच पैदा हुन्छ ।

फोटो र भिडियो खिच्ने काम कहिल्यै पनि गर्नु हुँदैन । पार्टनरमाथि भार पनि पार्नु हुँदैन । पार्टनरमाथि भार पार्द यौनको लय नै बिग्रिन्छ । यौनको समयमा धेरै कुराकानी पनि गर्नुपर्छ । शान्त बस्ने स्वभावले आफ्नो पार्टनर उत्कर्षमा पुग्न सक्दैन ।