ध्वनी प्रदुषण रहित होटल द नारायणी सेवा शुभारम्भ

 

गैंडाकोट : चितवनको छिमेकी जिल्ला नवलपुरको गैडाकोटमा होटल द नारायणी प्रालिले आजदेखि आफ्नो सेवा शुभारम्भ गरेको छ ।

नारायणी विजनेस ग्रुपद्धारा स्थापित होटल द नारायणीको आज एक समारोहका विच गैंडाकोट नगरप्रमुख छत्रराज पौडेलले उद्धघाटन गरेसगौ सेवा शुभारम्भ भएको होटलका सञ्चालक वसन्तराज पराजुलीले जानकारी दिए । बर्दघाट सुस्तापूर्व गैंडाकोट कालिगण्डकी चोक स्थित होटल द नारायणी चितवन र नवलपरासीका ६ जना पर्यटन व्यवसायीहरु मिलेर गठन गरिएको नारायणी विजनेस ग्रुपको व्यवस्थापनमा होटल स्थापना भएको हो ।

सो अवसरमा बोल्दै गैडाकोटका प्रमुख पौडेलले नीजि क्षेत्रले स्थापना गरेका हरेक सम्पत्ती नगरको भएको भन्दै हरेक विकासका लागि गैडाकोट नगर सधै तयार रहेको बताए ।
झण्डै सात करोड रुपियाँ रहेको होटलका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिए । देशले पर्यटन वर्ष २०२० मनाइरहेका बेला पर्यटन वर्षलाई लक्षित गर्दै होटल द नारायणी प्रा।लि। ले आनो सेवा सञ्चालनमा ल्याएको होटलका प्रवन्ध निर्देशक ज्ञानप्रसाद न्यौपानेले जानकारी दिए ।

होटल द नारायणीमा ध्वनी प्रदुषण रहित ६ वटा बैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ठ परिकार सहितको रेष्टूरेन्ट एण्ड बार, सुविधा सम्पन्न सुपर डिलक्स रुमहरुको सुविधा रहेको सञ्चालक बसन्त पराजुलीले जानकारी दिए ।

प्रयाप्त पार्किङ, ध्वनी मैत्री हलहरु, स्वादिष्ट खानाका परिकार र उत्कृष्ट ब्यवस्थापनका कारण होटल द नारायणी नवलपरासी तथा चितवन यस भेगमा बिबाह, ब्रतबन्ध जस्ता सामाजिक कार्य, सभा गोष्ठी, तालिम तथा कार्यक्रमकालागि पनि पहिलो रोजाई हुने विश्वास सञ्चालकको छ ।

.