खान नहुँने खानेकुरा राम्रो शारीरिक सम्बन्धका लागि

एजेन्सी : खानपानले यौन जीवनमा धेरै असर गर्छ । असर सकरात्मक र नकरात्मक दुवै हुन्छ । केही खानेकुराले हाम्रो यौन जीवनमा नकरात्मक प्रभाव पार्छन् ।

हामीले सेवन गर्दै आएका विभिन्न खानेकुराले प्रजनन् र सम्भोगको सन्तुष्टिमा असर गर्छन् ।

हामीले दैनिक सेवन गर्ने कफीले हाम्रो यौन स्वास्थ्यमा नकरात्मक असर गर्छ । शरीरमा स्ट्रेस हर्मोन असन्तुलन ल्याउन कफीले सहयोग गर्छ । त्यसैले सकभर कफीको सेवन कम गर्नु आवश्यक हुन्छ ।

नियमित रक्सी सेवनले पनि यौनमा नकरात्मक असर गर्छ । शरीरमा रहेको ह्याप्पी हर्मोनमा कमी आउने र टेस्टोस्टेरोन लेभल कम गर्ने भएकाले मदिरा सेवन यौन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

फास्टफुडले पनि यौन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले फ्याट बढाउन सहयोग गर्ने र फ्याटले टेस्टोस्टेरोन हर्मोनको लेभल कम गर्छ । त्यसैले फास्टफुडको सेवन पनि कम गर्न आवश्यक हुन्छ ।

दैनिक सोडाको सेवनले पनि यौन मात्र नभएर अन्य शारीरिक स्वस्थतामा असर गरिरहेको हुन्छ । यसको सेवनले यौन जीवनमा समस्या निम्तिन्छ ।

डेरीबाट उत्पादन भएका चकलेट वा प्रशोधित दुधले पनि हर्मोनमा असन्तुलन ल्याउँछ । यसले सिधा सिधा असर यौन स्वास्थ्यमा गर्छ ।

तारेका खानेकुराले पनि यौन क्षमतामा ह्रास आउँछ । चिप्सलगायत अन्य तारेका खानेकुराको सेवन कम गर्नु आवश्यक हुन्छ ।

चुइंगमलगायतका निरन्तर चपाउने खानेकुराले यौनइच्छामा कमी ल्याउँछ । निरन्तर चपाउँदा मेन्थोल बन्छ । जसले यौन क्षमतामै कमजोर बन्ने गर्छ ।

कर्न फ्लेक्स र सोयाको सेवनले पनि यौनइच्छामा कमी आउने विभिन्न अध्ययनले देखाएको छ । त्यसैले सोया र कर्नफ्लेक्सको सेवन कम गर्नु पर्छ ।

.