क्यान्सर अस्पताल सञ्चालक समितिका पूर्व सदस्य प्रेम रिमालका अस्पताल सुधारमा ३ विकल्प !

क्यान्सर अस्पतालकाे अध्यक्षका लागि मैले देखेका याेग्यतम् मध्येका उम्मेदवारहरू  : डा. सुन्दरमणि दीक्षित डा. महेश मास्के डा. सेनेन्द्र उप्रेती, अध्यक्षका लागि याेग्य तीन वरिष्ठ व्यक्तित्वहरू,

सुन्दरमणि दीक्षित : यिनमा लाेभानी पापानी देखिएन । वीर अस्पतालमा जीवनकाे ऊर्जाशील उमेर विताएका यी डाक्टरलाई कसैले हेपेर यति ले र उति ले भनेर अस्पतालकाेष लुट्ने हिम्मत गर्न सक्दैनन् । सरकारका मन्त्री र पार्टीका नेताहरूले पनि आदर गर्ने नागरिक आन्दाेलनका अगुवा

महेश मास्के : चीनका लागि राजदुत भएर भारतीय नाकाबन्दीकाे समयमा नेपाल सरकार र जनताकाे भावनाअनुसार चीन सरकारसँग नेपालकाे हितअनुकूल कुटनैतिक भूमिका खेलेकाे व्यक्ति, क्यान्सर अस्पताल सञ्चालक समितिकाे सदस्य रहेर काम गरिसकेकाे व्यक्ति, नेपाल स्वास्थ्य अनुसन्धान परिषदकाे अध्यक्ष भएर अनि स्वास्थ्य मन्त्रीकाे प्रमुख सल्लाहकार भई जनपक्षीय स्वास्थ्य नीति निर्माणमा याेगदान गरिसकेकाे राष्ट्रिय व्यक्तित्व

सेनेन्द्र उप्रेती : नेपाल सरकारकाे स्वास्थ्य सचिव भैसकेकाे विशिष्ट श्रेणीकाे कर्मचारीका रूपमा निवृत्त, सरकारका स्वास्थ्य सम्बन्धित विभाग र अन्य महत्वपूर्ण क्षेत्रमा रहेर याेगदान गरिसकेकाे व्यक्ति, भरतपुर अस्पतालकाे भूपू मेडिकल सुपरिटेन्डेन्ट भएर चितवनमै काम गरेकाे व्यक्ति, भ्रष्टाचारसँग नजाेडिएकाे सरकारी उच्चपदस्थ कर्मचारी !

अहिले प्राय चर्चामा रहेकाहरू जिल्लाका, प्रदेशका र केन्द्रका राजनैतिक नेता र सरकारी कर्मचारी अनि ठूला नेताहरूका जहान परिवारकाे खटनपटनभन्दा बाहिर रहेर विवेकपूर्ण ढङ्गगले निर्णय गर्ने क्षमता नभएका निष्ठासँग पद साट्न तयार पदलाेलुपहरू बढी छन् ।

त्यसैले सम्माननीय प्रधानमन्त्री केपी ओली, अध्यक्ष प्रचण्ड, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भरतपुर महानगर प्रमुख रेनु दाहाल तपाईहरूले याे विषयमा विशेष गम्भीरता देखाउनु भएन र अैाषत क्षमता र इच्छाशक्ति भएका मान्छेलाई याे अस्पतालकाे बाग्डाेर सुम्पनु भयाे भने नेपाल र चीन बीचकाे मैत्रीपूर्ण सम्बन्धकाे महिमा घट्ने छ ।

वीपी काेइरालाकाे व्यक्तित्वकाे उचाइलाई सम्मान गर्नकै लागि भए पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले याे विषयमा ध्यान दिन आवश्यक छ । अझ अध्यक्ष प्रचण्ड बढी गम्भीर हुन आवश्यक छ ।

भएर हाे वा बदनाम बनाउन हाे सामाजिक जीवनमा एउटा उपस्वास्थ्य चाैकीकाे अध्यक्षका लागि समेत याेग्य र स्विकार्य नदेखिएका मान्छेहरू लिएर तपाईलाई भेटाउन लैजान्छन् रे तपाईकाेमा सहज पहुँच भएकाहरू ।

अध्यक्ष प्रचण्ड जसले यस्ता मान्छे बाेकेर तपाईकाेमा ल्याउने गरेका छन् तिनीहरू तपाईकाे पद र नाम बेचेर व्यक्तिगत रूपमा अकुत सम्पति कमाउन पल्केका फटाहा हुन् सचेत हुनुहाेला । प्रचण्डलाई बदनाम गराउने खेल भैरहेकाे छ । स्वयम् प्रचण्ड याे विषयमा बेखवर हुनुहुन्छ ।