हरिवंश आचार्य र टिका प्रसाईको आवाजमा ‘म त परे माकुरीको जालमा…’

काठमाडाै : वरिष्ट कलाकार तथा गायका हरिवंश आचार्य र गायिका टिका प्रसाईंको आवाजमा रहेको नयाँ गीत ‘म त परे माकुरीको जालमा…’ सार्वजनिक गरिएको छ।

हिरण्य भोजपुरीको शब्द, हरिशरण सायमीको संगीत तथा एरेन्जमा तयार गीत बुधबार सार्वजनिक गरिएको हो।

नेवारी वाद्यवाधनको प्रयोग गरिएको लाेक शैलिको गीतको भिडियोमा काठमाडौंको नेवारी पोसाकसहित नेवारी संस्कृतिलाई झल्काइएको छ।

कीर्तिपुर इन्द्रायनी जात्राको समय छायाङ्कन गरिएको गीतको भिडियोमा गायक आचार्य र गायिका प्रसाईं स्वयंको अभिनय देख्न सकिन्छ। उनीहरूसँगै देखिएकी छिन् भिडियो निर्देशक तथा मोडल आरध्यालक्ष्मी खड्गी।

अभिनयसँगै र गायनमा पनि दख्खल राख्ने कलाकार तथा गायक आचार्यले गीत सार्वजनिक गर्दै फेसबुक लाइभमार्फत नयाँ गीतलाई दर्शकले मनपराईदिनेमा विश्वास व्यक्त गरे।

गीतको भिडियो