कावासाेतीकाे कुमारवर्ती ग्रिल उद्याेगमा आगलागी

कावासाेती : पूर्वी नवलपरासीकाे कावासाेतीमा  ग्रील उद्याेगमा आगलागी भएकाे छ । कावासाेती ८ निवासी भगवती गुरूङकाे घरमा रहेकाे कावासाेती १० निवासी मानबहादुर गुराैले सञ्चालन गरेकाे कुमारवर्ती ग्रिल उद्याेगमा गएराति आगलागी भएकाे हाे ।

राति विजुली सर्ट भई मिटरबक्स समेत जलेर आगलागी भएकाे नवलपुर प्रहरीले जनाएकाे छ । आगलागीबाट १ लाख बराबरकाे क्षति भएकाे छ। आगाे प्रहरी र स्थानीयले नियन्त्रणमा लिएकाे थियाे।