विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन

पाेखरा : होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । विश्व कीर्तिमानी मगरको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाइ शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बताए ।