दाताज इभेन्टले नेपालमै पहिलोपटक वेडिङ एक्सपो गर्दै

चितवन : दाताज इभेन्टसले नेपालमै पहिलोपटक ‘वेडिङ् एक्सपो’ आयोजना गर्दैछ । माघ ८ गते देखि ११ गते सम्म चल्ने एक्सपोमा विवाहको लागि आवश्यक कार्ड, व्युटिसियन, फूल सजावट देखि सुन, चाँदी सम्मका स्टलहरु रहनेछन् ।
साथै एक्सपोमा डिजे तथा कालाकार, व्युटिसियन, सुट–सmवारका स्टल, क्याटरिङ तथा टेन्ट, मिठाई तथा केक, बग्गी, पण्डित, कार्डका स्टल, सवारी साधन, लाइट, इभेन्ट आयोजक, साउण्ड स्टल, फोटो तथा भिडियोग्राफी, बाजा, बुटिक तथा कार्यक्रम स्थललगायतका स्टलहरु रहनेछन् । एक्सपोमा ७० वटा स्टल रहनेछन् । ४९ वटा स्टलहरुको बुकिङ भइसकेको दाताज इभेन्टस्का प्रमुख दाताराम घिमिरेले बताए । उक्त एक्सपोमा २० हजार जनाले अवलोकन गर्ने विश्वास आयोजकको छ ।
एक्सपोको अवसरमा चितवनमा फोटो स्टुडियोहरुका बिचमा ‘फोटो प्रतिष्पर्धा’को आयोजना पनि गरिनेछ । चितवन फोटोग्राफी संघसँगको समन्वयमा उक्त प्रतिष्पर्धा गर्न लागिएको घिमिरेले बताए । दाताज इभेन्टस्ले चितवनमा इभेन्ट्स म्यानेजमेन्टको काम गर्दै आएको छ । विवाहको इमेन्ट म्यानेजमेन्टसमेत गर्दै आएको उक्त संस्थाले यस एक्सपोको अन्तिम दिन विवाहको नमूना पार्टी पनि गर्दैछ ।