गीतानगरका १८ बर्षीय श्रेष्ठ जुनियर जेसिजको राष्ट्रिय संयोजकमा मनोनित

भरतपुर । भरतपुर महानगरपालिका ६ गीतानगरका आरोग्य श्रेष्ठ कलिलो उमेरमा जुनियर जेसिजको राष्ट्रिय संयोजक बनेका छन् । १८ बर्षीय श्रेष्ठलाई जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकरले जुनियर जेसीजमा दिएको योगदानका आधारमा जुनियर जेसिजको राष्ट्रीय जिम्मेवारी दिएका हुन् । पौष २८ गते उनलाई अध्यक्ष शंकरले मनोनित गरेका हुन् । अध्यक्ष शंकरद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “नेपाल जेसिजको परिच्छेद ६ को धारा ८४ बमोजिम जुनियर जेसिजको बर्ष २०२०को राष्ट्रिय संयोजकका रुपमा मनोनित गरिएको छ ।”
मनोनित पश्चात श्रेष्ठले जुनियर जेसिज र नेपाल जेसिज बीच पुलको रुपमा काम गर्दै समय समयमा तालिमको आयोजना गरि जुनियार जेसिजलाई चलायमान बनाउने प्रतिबद्दता जनाए । उनले समाज र राष्ट्रको लागि जुनियर जेसिजलाई परिचालन गर्ने बताए ।
२०५८ असार १९ गते चितवन जिल्लामा जन्मिएका श्रेष्ठ सन् २०१५ मा गीतानगर जुनियर जेसिजको साधारण सदस्य हुदै आफ्नो जेसिज यात्रा सुरु गरेका थिए । बर्ष २०१६ मा गीतानगर जुनियर जेसिजको उपाध्यक्ष हुदै २०१७ मा महासचिव र २०१८ मा गीतानगर जेसिजको अध्यक्ष बनेका थिए । त्यस्तै श्रेष्ठ २०१९ मा जुनियर जेसीजको क्षेत्र ’ख’को संयोजक समेत भएका थिए ।Image may contain: text