व्यावसयीको हक, हित, साहस र हिम्मतका साथ चुनावी मैदान छु : विनोद पौडेल

चितवन :  उद्योग बाणिज्य संघ चितवनको ५३ औँ साधारण सभा तथा अधिवेशन आजदेखि सुरु हुदैछ । यहि अधिवेशनमा फेरि एक पटक युवा व्यवसायी विनोद पौडेलले सदस्यका रुपमा उम्मेदवार दिएका छन् । पूर्वी चितवन रत्ननगर नगर निपनीचोकमा घर भएका पौडेल सरल र सहयोगीमनका धनी छन् ।

सानै उमेरदेखि व्यवसायमा अब्बल बन्नुपर्छल भन्ने सोचका साथ उनी कम्प्युटरको व्यापार सुरु गर्दै व्यवसायी जीवनमा होमिएका थिए । करिब १५ बर्षदेखि ब्यवसायमा संलग्न उनी चितवनका आधा दर्जन बढी संघसंस्थाको नेतृत्व गर्न समेत सफल समेत भएका छन् । उनी हक्की र निडर स्वभाव पनि छ । उनले ए वान कम्प्युटर सप्लार्यस, शुभ श्री पोल्टीको क्षेत्रमा काम गरिरहेका छन् । क्यान चितवनको सल्लाहकार, क्यान प्रदेशको निर्वतमान उपाध्यक्षसगैँ नमस्ते बिहानी साप्ताहिक र सौराहा अनलाईन डिजिटल पत्रिकाका निर्देशक पनि हुन् ।

ब्यवसायीहरुलाई परेको बखत जुनसुकै बेला र जस्तोसुकै सहयोग गर्न सक्ने उनी ब्यवसायीहरुको हक र हितका लागी आफनो उम्मेदवारी रहेको बताएका छन् । दर्जनौ सामाजिक संघसंस्थामा आबद्ध भएर समाजसेवामा समेत क्रियाशिल बनेका उनी सदस्यका बलिया उम्मेदवार हुन् ।

आफ्ना चुनाव एजेण्डाका आधारमा जित्ने र आफना मुद्धाहरु बलियो र ब्यवसायीको हितमा भएका कारण चुनाव जित्नेमा आफु ढुक्क रहेको उनले बताए । यहि क्रममा पौडेलसगँ गरिएको कुराकानी :

चुनावको तयारी कसरी गरिरहनु भएको छ ?
म एउटा व्यावसायी प्रतिनिधित्व गरेर चुनावमा जादैछु । व्यवसायीक हक हितका लागि काम गर्न र व्यावसयीका समस्या समाधान गर्न सक्छु भनेर मैले उमेद्धारी दिएको हो । चुनौती, अवसर र अनुभवको आधारमा म चुनाव लड्दै छु । म व्यावसयीको हक हितमा काम गर्न सक्छु भन्ने साहस र हिम्मतका साथ चुनावको तयारी गर्दै छु ।

तपाईले चुनाव जितेपछि व्यावसयीक बिकासका लागि कस्ता काम गर्नु हुन्छ ?
पहिलो काम म करको समस्या समाधान गर्छु। सरकाले लगाएको करको बिषयमा कतिपयले व्यावसायी थाहा नपाएको अवस्था छ । त्यो सम्बन्धी विज्ञ ल्याएर तालिम गराउने मेरो सोँच छ । उद्योग वाणिज्य संघको चुनाव जिते लगत्तै व्यवसायीका लागी बिशेष तालिमको व्यवस्था गराउँछु ।

व्यावसयीहरूले तपाँइलाई नै मतदान गर्नु पर्ने खास कारण ?
व्यावसयीक हकहित का लागि काम गरेको छु । बिभिन्न संघ संस्थामा लामो समय रहेर काम गरेको अनुभब छ । मैले काम गर्न सक्छु भन्ने कुरामा व्यावसायीहरु आसावादी हुनुहुन्छ त्यसैले मलाई मतदान गर्नुहुन्छ भन्नेमा विश्वस्त रहेको छु ।

अन्य प्रतिस्पर्धी भन्दा तपाई के कुरामा अब्वल हुनुहुन्छ ?
म जुन काम गर्छु त्यसको रिजल्ट चाहान्छु । म आफै पनि एक व्यवसायी हुँ । त्यसले गर्दा जुन कुरा मलाई थाहा छ त्यो कुरा राम्रो संग कार्यानयन गर्न सक्छु । मैले जे काम गर्छु त्यसमा म आफ्नो स्वार्थ हर्दिन विशुद्ध व्यावसयीक हितका लागि काम गर्छु । त्यसैले प्रतिस्पर्धी भन्दा म नै व्यावसयीका लागि उपयुक्त छु भन्ने लागेको छ ।

अन्त्यमा आम व्यावासयीलाई के भन्न चाहानुहुन्छ ?
यो अवधिमा हामी आम व्यवसायीहरुले महसुस गर्नै गरी काम गर्छौ। तपाईहरुले हामिलाई त्यो मौका दिनु हुन्छ भन्ने कुरामा बिश्वस्त रहेको छु । अन्त्यमा मलाई  अत्याधिक बहुमतले बिजय गराउन सबै व्यवसायीहरू सँग आग्रह गर्दछु ।