चितवनको समग्र विकास र समृद्धिको एजेण्डमा राजु सधै अगाडी !

चितवन : चितवन उद्योग वाणिज्य संघ चितवनको ५३ औँ साधारण सभा एवं अधिवेशन आजदेखि सुरु भएको छ । उद्योगी तथा व्यवसायीको हक हितको लागि स्थापित उद्योग वाणिज्य संघ चितवनमा अब कस्को नेतृत्व आउला भन्ने सबैका आ आफ्ना धारण छ । भने व्यवसायीहरु चुनावी चटारोमा व्यस्त छन् ।

संस्थापन प्यानलबाट उम्मेदवार बन्नु भएका राजु श्रेष्ठ अबको नेतृत्वका लागि तयार भएको बताउनु हुन्छ । श्रेष्ठ, जिल्लाको समग्र सामाजिक तथा आर्थिक विकासमा भूमिका खेल्नका लागि पनि आफुले जित्नु पर्ने बताउनु हुन्छ । सानादेखि ठुला उद्योगी व्यवसायीहरुको पेशागत समस्याहरुलाई सुल्झाउन पहल कदमी लिनका लागि पनि आफ्नो उमेद्वारी रहेको श्रेष्ठको भनाई छ ।

मतदाताहरुले जितका लागि शुभकामना दिएको भन्दै श्रेष्ठ भन्नुहुन्छ, ‘तपाइलाई अन्याय भयो भनेर मतदाताहरुले भन्नु भएको छ । तपाई अहोरात्र व्यवसायीको समस्याको विषयमा जुधिरहनु भएको छ । तपाइलाई हामी न्याय गर्छौ भनेर मतदाताले हौसला दिनु भएको छ । साथै पूर्व अध्यक्षहरु साक्षी हुनुहुन्छ । सबै पूर्व अध्यक्षज्युहरु, र आम मतदाता साथीहरुको समर्थन र आर्शिवाद मलाई छ ।’

व्यवसायीको दुःखलाई नजिकबाट नियालेको भन्दै श्रेष्ठले व्यक्तिगत रुपमा कसैबारे नकरात्मक टिका टिप्पणी गर्ने पक्षमा भन्दा पनि आफ्नो पक्षमा माहोल बनाउन लागि परेको बताउनुु भयो । उहाँले व्यवसायीको समस्याको विषयमा राम्रोसंग जानकारी भएको भन्दै अहिले आम समस्याका रुपमा पुलचोकदेखि लिएर लायन्सचोकसम्म एउटा गाडी रोक्न नपाउने अवस्थाले ब्यवसायीलाई ठुलो मर्का परेको बताउनु भयो । यो समस्या समाधान गर्न । संस्थागत हकहित र उद्योगी ब्यवसायीको हकहितमा सधै डटेर लाग्न आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

अध्यक्षका दावेदार श्रेष्ठले आफु अध्यक्ष भएसंगै साना तथा मझौला उद्यमी ब्यवसायीको लागि भिसिटीएस लागु भएकोमा यसको निराकरणका लागि महासंघ र सम्वन्धित मन्त्रालयमा पहलकदमी गर्ने बताउनु भयो । नारायणगढको क्याम्पाचौरलाई मिनी स्टेडीयम बनाउने, नारायणी नदी किनारलाई थप ब्यवस्थित गराउन पहल गर्ने लगाएत संघका आम सदस्यहरु सदस्यहरुको साझा समस्याहरुलाई समाधान गर्न तर्फ योजनावद्ध ढंगले अघि बढ्ने बताउनु भएको छ ।