युवा संघको क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुराउन श्रमदान अभियान (फोटोफिचर)

चितवन : चितवनको भरतपुरमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुराउन श्रमदान अभियान तीव्र पारिएको छ । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालामा तत्कालीन नेपाल प्रहरीका चितवन प्रमुख एसपी दानबहादुर मल्लले थालेको अभियानलाई आत्म साथ नेकपा निकट राष्टिय युवा संघ नेपाल चितवन शाखाले आज श्रमदानसगैँ आर्थिक सहयोग गरेको छ ।  

युवा संघले गरेको श्रमदान अभियानको एक समारोहका विच नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार (ईन्द्रजीत) र धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस) ले संयुक्त रुपमा उद्धघाटन गरेका थिए ।  

सो अवसरमा बोल्दै नेकपा चितवनका अध्यक्ष ईन्द्रजीतले मुलुक विकास र निर्माणको युगमा अगाडी बढेको भन्दै पार्टीले अब विकास निर्माणसगौ हातेमालो गर्न अभियान थालेको बताए ।
रंगशाला निर्माणको महाअभियानमा युवा संघको साथले आफुलाई थप हौसला मिलेको कट्टेलले बताए । उनले पछिल्लो पटक दक्ष जनशक्तिको श्रमदान आवश्यक परेकोले सबैले सहयोग गर्न अपिल पनि गरे ।

युवाहरु नै भविष्य बनाउनुपर्ने भन्दै आफुहरुले पनि केहिहदसम्म क्रिकेट रगंशालामा सहयोग पुराउन श्रमदान अभियान थालेको युवा संघ चितवनका अध्यक्ष मद्यु न्यौपानेले जानकारी दिए ।

“श्रमको सम्मान गर्नु नै समाजवाद भएकाले सबैले मातृभूमिको माटोमा हात डुबाई निर्माण कार्यमा जुट्नुपर्छ, निर्माणमा सहयोग पुराउन कार्यकर्ता परिचालन गरेका हौँ”–उनले भने।
सोही अवसरमा रंगशाला निर्माणमा सहयोग पुराउने उद्देश्यले अध्यक्ष न्यौपानेले युवा संघको तर्फबाट ३४ हजार ६ सय रुपैयाँ नगद सहयोग गरेका थिए । कार्यक्रममा युवा संघका केन्द्रिय नेता प्रताप डल्लाकोटी, सन्तोष पनेरु, साजन अधिकारी, रामु गोदारसहित अबिरल पोख्रेरल लगायतको विशेष सहभागी थियो ।