उवासंघ चितवनको अधिवेशन उद्घाटन हुँदै, अध्यक्षमा श्रेष्ठ र शाक्यको भिडन्त

चितवन : चितवनका व्यवसायीहरुको साझा संस्था उद्योग वाणिज्य संघ चितवनको ५३ औँ वार्षिक साधारण सभा एवं अधिवेशनको उद्घाटन सोमवार हुँदैछ । अधिवेशनको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नारायणी नदि किनारमा उद्घाटन गर्ने कार्यक्रम छ । उद्घानसत्रपछि सोमवार नै हुनेँ बन्दसत्रमा अध्यक्ष र केहि उपाध्यक्षले आफ्नो कार्यकालभर संघले गरेका कामवारे प्रतिवेदन पेश गर्नेछन् । चुनावी कार्यक्रम भने मंगलवार हुनेछ । उवासंघले यसपटक विद्युतीय मतदानको व्यवस्था मिलाएको छ ।

सम्पूर्ण उपाध्यक्ष निर्विरोध निर्वाचित भईसकेकाले अधिवेशनले मुलतः अध्यक्ष र केहि कार्यसमिति सदस्य चयन गर्नैछ । अध्यक्ष पदमा राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्य भिड्दैछन । अध्यक्ष पदका उमेदवार श्रेष्ठलाई केहि पूर्व अध्यक्ष, निर्वाचित एक उपाध्यक्ष र बर्तमान अध्यक्षको साथ छ भने शाक्यलाई निर्विरोध निर्वाचित वरिष्ठसहित ३ उपाध्यक्षको समर्थन छ ।

देखिनेगरि राजनीति नभएपनि श्रेष्ठ सत्तारुढ नेकपा निकट र शाक्य प्रमुख प्रतिपक्षी काँग्रेस निकट हुन् भन्ने चर्चा बजारमा चलेका छन् । उवासंघको संस्थापन पक्षबाट उमेदवार तय गर्न भएको गोलाप्रथाको काँग्रेसले सार्वजनिक रुपमै सवरोध गरेको थियो । कुल ४ हजार ४ सय ८० मतदाता रहेको संघमा यसपटकको अधिवेशनका लागि नविकरणमार्फत जम्मा ३ हजार ७ सय ८२ जनाले मताधिकार लिएका छन ।