नवलपरासीमा लागु औषधसहित दुई जना पक्राउ

नवलपरासी : पश्चिम नवलपरासीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्बर १२ वस्ने वर्ष ३५ का प्रमोद कुमार राय र रामग्राम नगरपालिकाकै वडा नम्बर ९ मधौलिया वस्ने वर्ष २७ का आजाद पाठक रहेका छन् ।
रायलाई बर्दघाट नगरपालिका ३ लघुनहास्थित भित्री सडक खण्डमा लु ९ प ४५८७ नम्बरको मोटरसाईकल रोकी चेकचाँज गर्ने क्रममा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचन अधिकारी डिएसपी बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

उनको साथबाट नोफ्रिन १ सय ५० पिस, डाईजेपाम १ सय ५०, फेनारागन १ सय ५० लागुऔषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै रामग्राम ९ बस्ने पाठकलाई रामग्राम ५ हाटबजारमा चेकजाँच गर्ने क्रममा पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनको साथबाट फेनारागन ७०, नोफ्रिन ७०, डाईजेपाम ७०, नाईट्रोभेट १ सय ३५ र ईस्पास्मो १० लागु औषधसहित नियन्त्रणमा लिएको छ । राय र पाठकलाई लागु औषध मुद्धा दर्ता गरी अनुसन्धान कार्य भैरहेको सुचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभयो ।

.