खैरहनी र राप्तीमा राष्ट्रपति रनिङ शिल्ड सुरु

चितवन :  चितवनको खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा आईतवारदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्थानीय तह भएपछि यि दुई नगरपालिकाले दोश्रो पटक प्रतियोगिताको आयोजना गरेको हो ।
खैरहनी नगरपालिकाको आयोजनामा खैरहनी माध्यमिक विद्यालयमा आयोजित प्रतियोगिताको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख डल्लाकोटीले खेलकुद राष्ट्रको पहिचान रहेको वताए ।
खेलकुदले शारीरिक,मानसिक,व्यक्तित्वको विकास हुनुका साथै राष्ट्रको गरिमा वढाउने डल्लाकोटीले वताए । खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीले नगरस्तरमा उत्पादन भएका खेलाडीले राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा खेल्ने अवसर पाउने भएकाले त्यसैका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्व राख्ने वताए । नगर प्रमुख चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्याल,खैरहनी ७ का वडाध्यक्ष एवंम् सामाजिक विकास समिति संयोजक मनेजर चौधरी लगायतले मन्तव्य राखेका थिए ।
पहिलो दिन १ हजार ५ सय मिटर दौडको छात्र तर्फ सैनिक आवासीय महाविद्यालयका स्वीकार सुवेदी प्रथम हुँदा डेजी आवासीय माध्यमिक विद्यालयका निशान्त भट्टराई दोश्रो तथा ग्लोसाईन एकेडेमीका निशान पन्तले तृतिय स्थान हासिल गरे । सोही मिटर दौडमा छात्रा तर्फ खैरहनी माध्यमिक विद्यालयकी तिर्सना नेपाल,खैरहनी माविकै आयुषा गिरी र कंकाली माविकी भावना रिजाल क्रमस प्रथम,द्धितिय र तृतिय भए । भलिवल र कवडड्ीका पहिलो चरणका खेलहरु पनि भएका छन् ।
खैरहनीमा ११ वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालयले सहभागीता जनाएका छन् । राप्ती नगरपालिकाको आयोजना वुद्धशान्ती माध्यमिक विद्यालयको चौरमा सुरु भएको प्रतियोगिताको प्रदेश ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरे ।
प्रतियोगितामा एथलेटिक्स,भलिवल र कवड्डीका खेलहरु हुने नगरपालिकाका स्थानीय शिक्षा अधिकारी शम्भु प्रसाद पौडेलले वताए । राप्ती नगरपालिका प्रमुख प्रभा बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख इमानसिंह लामाले स्वागत मन्तव्य राखेका थिए । राप्तीमा सामुदायिक र संस्थागत गरि कुल १३ विद्यालयको सहभागीता रहेको छ ।