चीनमा चमत्कारः एकैसाथ देखिए तीन वटा सुर्य

एजेन्सी । उत्तरपूर्वी चीनमा एकसाथ तीन वटा सुर्य देखिएको छ । जिलिन प्रान्तको फुयु शहरमा झण्डै २० मिनेटसम्म आकासमा तीनवटा सुर्य देखिएको हो । उक्त दृश्यको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सन् २०१९ को अन्तिम दिन अर्थात डिसेम्बर ३१ को बिहान ८ बजेतिर उक्त दृश्य देखिएको चिनियाँ समाचारसंस्था सिजिटिएन न्युजले उल्लेख गरेको छ ।

विज्ञहरुका अनुसार यस्तो घटनालाई सन डग अथवा मोकसन भनिन्छ । यस्तो दृश्य देखिनु दुर्लभ घटना भएको र विशेष परिस्थितिमा मात्रै यस्तो दृश्य प्रकृतिमा उत्पन्न हुने विज्ञहरुले बताएका छन् ।

प्रकृतिमा सनडगको दृश्य देखिनका लागि उक्त ठाउँको तापक्रम माइनस २० डिग्री हुनुपर्ने र प्रशस्त मात्रामा आइस क्रिष्टलहरु हुनुका साथै बिहानको समयमा चम्किलो घाम लाग्नुपर्ने चिनियाँ मौसमविद् हु सियाओले बताए ।