संसारकै अग्लो भवन यस्तो बन्दैछ : बुर्जखलिफा पनि हुनेछ छोटो (फोटोसहित)

एजेन्सी । अबको दुई वर्षमा बुर्जखलिफ संसारकै अग्लो भवन रहने छैन । त्यसको स्थान लिनेछ नयाँ भवनले । साउदी अरबले अहिले रियादमा बुर्जखलिफा भन्दा अग्लो भवन निर्माण गरिरहेको छ । अबको दुई वर्षभित्रै यो भवन निर्माण हुनेछ ।

साउदी अरबले बनाउन लागेको भवनको उचाइ बुर्जखलिफा भन्दा १८० मिटर अर्थात ५९१ फिट बढी हुनेछ । यो भवन बादलमाथि धेरै हुनेछ ।

भवन निर्माणका लागि साउदीले १ दशमलब २३ बिलियन डलर खर्च गर्नेछ । बजार मूल्यका आधारमा यसको लागत फरक पर्नसक्ने साउदी अधिकारीहरुले बताएका छन् । यो भवन २ सय तलाको हुनेछ ।

एक तलाको क्षेत्रफल २ दशमलब ४३ लाख वर्गमिटर हुनेछ । २१९२ फिट अर्थात ६६८ मीटरमा यसको अन्तिम तला हुनेछ । यसमा ५९ लिफ्ट हुनेछन् । २१३९ फिटमा अवलोकन कक्ष बनाइनेछ ।

बुर्जखलिफाका आर्किटेक्ट एड्रियन डि स्मिथले यसको डिजाइन तयार गरेका हुन् । स्मिथलाई गोर्डन गिलले साथ दिएका छन् । यस भवनको विकासमा जेद्दाह इकोनोमी कम्पनी संलग्न छ ।

सन् २०१५को जनवरी १० देखि बनेको यस भवनको अहिलेसम्म ४७ तला बनिसकेको छ । यस भवनको नाम जेद्दाह टावर राखिएको छ । यसको उचाइ १ किलोमिटर अर्थात १००० मिटर भन्दा थोरै धेरै हुनेछ । बुर्जखलिफाको उचाइ भने ८२८ मिटर रहेको छ ।

बेसमेन्टबाट ९२ फ्लोरसम्म अफिस र भवनसँग जोडिएका मेसिन, पार्किङ रहनेछ । ९३ फ्लोरबाट ११३ सम्म रेसिडेन्सियल फ्लोर रहनेछ । ११४ मा भवनका मेसिन रहनेछन् । ११५बाट १५६ सम्म होटल हुनेछन् । १५७ फ्लोरमा अब्जरवेशन डेक रहन्छ । त्यसमाथि भने मेसिन राखिनेछ ।