नवोदय माध्यामिक विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रम सुरु, हेरौँ ५ फोटो

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालीकामा रहेका नवोदय मा.वि मा वृत्ति मार्गनिर्देशन कार्यक्रम कक्षा ९ का विद्यार्थीहरुलाई सुरु गरिएको छ ।
नेपाल सरकार तथा स्वीस सरकार को सहकार्यमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद को अगुवाइमा हेल्भेटासको आर्थिक सहयोगमा वृत्ति मार्गनिर्देशन कार्यक्रम सुरु भएको हो ।
दिगो तथा सम्मानित रोजगारीको लागी सिप परियोजना अन्र्तगत प्राविधिक तथा कार्यन्वयन साझेदार संस्था अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड टे«निङ्ग सेन्टर इन्स्टिच्युटद्धारा यो कार्यक्रम सुरु गरिएको विद्यालय जनाएको छ ।
माध्यामिक तहको कक्षा ९मा पढ्ने विद्यार्थीहरुलाई आफुले जिवनमा गर्ने काम बारे विस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम सुरु गरिएको हो ।
वृत्ति मार्गनिर्देशन कार्यक्रममा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई आफ्नो क्षमताको पहिचान ,रुचि र खुबि अनुसारको वृत्ति छनौट, वृत्ति र जागिर बारे वृिस्तत जानकारी नेपालको शिक्षा प्रणाली, आफ्नो वृत्ति निर्माण तथा त्यसको कार्य कार्यन्वयनको बारेमा जानकारी दिइने कार्यक्रम रहेको अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड ट्र्रेनिङ्ग सेन्टर इन्स्टिच्युटकी वृत्ति सहजकर्ता विष्णु सिलवालले बताईन् ।
आफ्नो वृत्तिप्रति सचेत नहुदा विद्यार्थीहरुमा थुप्रै समस्या आएपछि आफ्नो क्षमता अनुरुप वृत्ति पत्ता लगाइ सोहि वृत्तिको बाटोमा अगाडी बढाउने उद्देश्यले वृत्ति मार्गनिर्देशन कार्यक्रम कार्यन्वयनमा ल्याइएको थियो ।
यो कार्यक्रम जम्मा ६ वटा ११० मिनेटको सत्र संचालन हुन्छ भने एउटा सत्र कक्षा १० मा सोहि विद्यार्थीहरुलाइ प्रदान गरिने छ ।
यो कार्यक्रम चितवन जिल्लाको खैरहनि नगरपालिकाको नवोदय मा.वि ,कालिका नगरपालिकाको पृथ्वी मा.वि र चर्तुमुखी मा.वि, माडी नगरपालिकाको जनकल्याण मा.वि र रत्ननगर नगरपालिकाको बछौली मा.वि र जनजागृति मा.वि मा पनि शुरु गरिएको छ । रत्ननगर नगरपालिकाको बछौली मा.वि र जनजागृति मा.वि मा नगरपालिकाको आर्थिक सहयोग रहेको छ ।