लाइसियम स्कुलमा आत्मरक्षाको प्रशिक्षण (फोटोफिचर)

चितवन : लाइसियम इन्टरनेशनल मोडल स्कुल निपनी रत्ननगरले कक्षा ६ देखि ९ सम्मका छात्राहरुलाई आत्मरक्षा सम्वन्धि प्रशिक्षण दिएको छ । दुई दिवशिय प्रशिक्षणको पहिलो दिन छात्राहरुलाई करातेका विभिन्न कला तथा जुडोका कलाहरुवारे सिकाईएको थियो ।
कसरी आफु सतर्क रहने र कसैले प्रहार गरेमा वा समातेमा कसरी उस्को पञ्जाबाट फुत्कनुका साथै उसलाई कसरी परास्त गर्ने भन्ने सम्वन्धमा कराते प्रक्षिक्षक कुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए । कार्यक्रममा आवस्यकता वारे प्रकास पार्दै विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले समाजमा महिला तथा बालबालिकाहरु असुरक्षीत रहेको र जुनसुकै समयमा समेत हिंसाको सिकार बन्न सक्ने सम्म्भावनालाई मध्येनजर गरी विद्यालयमा अध्ययनरत छोरीहरुको मनोवल उच्च बनाउँदै सुरक्षीत बनाउनका लागि प्रशिक्षण आयोजना गरिएको र यस्लाई निरन्तरता दिईने बताए
। प्रशिक्षणमा सहभागि बालीकाहरुले जिवनोपयोगी शिक्षा सिक्न पाएकोमा खुशी व्यक्त गर्दै उत्साहित भई सहभागिता जनाएका थिए भने विद्यालयले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने कुरा समेत औल्याएका थिए । कार्यक्रम २६ गते समेत विद्यालयमै सञ्चालन हुनेछ ।