ब्राह्मण समाज चितवनले महायज्ञ गर्ने

चितवन : ब्राह्मण समाज नेपालले श्रीमदभागवत महापुराण तथा धनधान्याचल विराट ज्ञान महायज्ञ लगाउने भएको छ । ब्राह्मण समाज नेपालको भवन निर्माण, गुरुकुल शिक्षा, धार्मिक पुस्ताकालय, ज्येष्ठ नागरिक सेवा सञ्चालन गर्नका लागि महायज्ञ गर्न लागिएको हो ।

माघ १५ गते देखि २३ गते सम्म सञ्चालन हुने महायज्ञ भव्यताका साथ सम्पन्न गर्नका लागि ३९ उपसमिति निर्माण गरिएको छ । करिव तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको महयज्ञमा सामुयिक ब्रतबन्ध, भागवत कथा प्रवचन, लक्ष्यदीप प्रज्ज्वलन, तुलादान दैनिक भजनकीर्तन र झाँकी प्रर्दशन गरिने महायज्ञ मुलक समिति संयोजक टंकप्रसाद पौडेलले जानकारी दिनुभयो । महायज्ञको तयारी स्वरुप आज भेलाको समेत आयोजना गरिएको छ ।