हात्ती नियन्त्रणमा निकुञ्जका वार्डेनको आलटाल, मेयर रेनुका पहलमा घटनस्थलमा सुरक्षा बैठक

चितवन : चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणका नाममा थालेको कामका कारण मध्यवर्ती र आसपासका जनताहरु पिडित बन्दै गएका छन् । विगत लामो समयदेखि मानव र वन्यजन्तु विचको द्धन्द्ध कम गराउने अभियान थालिए पनि निकुञ्जमा आएका नयाँ वार्डेन नारायण रुपाखेतीको वेवास्ताका कारण पश्चिम चितवनमा जंगली हात्तीको आक्रमण झनै बडेको छ ।
जसका कारण स्थानियहरु आक्रोशित बनेका छन् । उनले मुख्य मन्त्री आफ्नो मान्छे हो भन्दै जनता र स्थानिय सरकार देखि सिडियोसम्मको निर्देशन पालन गरेका छन् ।

यति मात्र नभई उनले संरक्षणका नाम अतिवादी काम गरेको स्थानियहरुले आरोप लाएका छन् ।  संरक्षणको पाटो एक तिर भए पनि हाल हात्तीका विगत १७ दिनदेखि आक्रान्त बनेका उनीहरुको समस्या उनल आलटाल गरिरहेका छन् । यहि आलटाल प्रवृत्ति बढेपछि आए भरतपुर महानगरकी मेयर रेनु दाहालको पहलमा जिल्लास्थित सुरक्षा समितिको बैठक घटनास्थल वडा नम्बर २७ र २८ मा राखिएको छ ।
मेयर रेनुको पहलमा सम्पन्न वैठकमा खुलेरै जनताले वार्डेनको विरोध गरेका थिए । उनीहरुले के जनावरको मात्र संरक्षणको कुरा गर्ने मानव संरक्षण कसले गर्ने भनेर प्रतिप्रश्न समेत गरेका थिए ।
सो अवसरमा बोल्दै मेयर रेनु आफुहरुले महानगरको तर्फबाट सक्दो प्रयास गरिरहेको बताउदै मस्या समाधानका लागी तत्काल पहल थाल्ने हात्तिलाई नियन्त्रणमा लिने, आबश्यक राहत र क्षतिपुर्ति को तत्काल ब्यबस्था गर्ने,निकुन्ज एरीयाको उचित तटबन्धन को प्रतिबद्धता जाएकी थिईन् । भने जिल्ला स्थित चितवन राष्ट्रिय निकुन्ज, जिल्ला प्रशासन,नेपाली सेना,प्रहरी लगायत सम्बन्धित सबैलाई जिम्मेबार बन्न आग्रह पनि गरिन् ।