वार्डेनका कारण मानव-वन्यजन्तु द्धन्द्ध बढ्दै, मेघौलीमा हात्ती आतंक कायमै

चितवन : भरतपुर महानगरपालिकाको वडा नम्बर २८ र २७ मा दुई हप्तादेखि हात्तीले आतंक कायमै राखेको छ । करीब १ हप्ताअघि यी दुई हात्तीलाई डाट गरी चितवन राष्टिय निकुञ्जमा धपाइएको भएपनि फेरि आंतक भने कायमै राखेको छ । निकुञ्जले हात्ती नियन्त्रणबारे खासै चासो नदिएको वडा नम्बर २८ का अध्यक्ष आशबहादुर कुमालले बताए ।
चितवनका सिडियो नारायाणप्रसाद भट्टराई र तत्कालिन एसपी दानबहादुर मल्ल रातको समयमा आफै फिल्ड उत्रिए पनि निकुञ्जका वार्डेन नारायणप्रसाद रुपाखेतीले भने स्थानियको गुनासो र स्थानिय सरकारको निर्णय वेवास्ता गरेको स्थानिय वृद्धि कुमालले आरोप लगाए ।

हात्तीले अहिलेसम्म ४ वटा घर भत्काई दिएको भने भण्डार गरेको र खेतबारीमा रहेको अन्न नष्ट गरेको छ । हात्तीले करीब ४ बिघामा लगाइएको केरा खेती पनि नष्ट गरेको कुमालले जानकारी दिए ।
अहिलेसम्म जनधनको क्षति भएको छैन, तर निकुञ्ज प्रसाशनले यस बारे खासै चासो नदिएको अध्यक्ष कुमालले–भने ।केही समय डाट त गरिएको थियो, फेरि भोलि पल्टबाटै हात्ती आउने क्रम रोकिएको छैन, स्थानीयहरु आक्रोशित छन्–उनले भने ।

निकुञ्जले डाट गर्ने क्रममा कम विषादी (पोइजन) प्रयोग गरेकाले हात्तीले आतंक मच्चाउन नछाडेको आरोप लगाए । एक हप्ताअघि चितवनका सिडियो नारायणप्रसाद भट्टराई र एसपी दानबहादुर मल्लले रातभर गस्ती गरेका थिए । स्थानीयको तीब्र विरोधका कारण निकुञ्जले हात्तीलाई डाट गरेपनि समस्या भने समधान भएको छैन ।

यता चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायणप्रसाद रुपाखेतीले निकुञ्ज विभागबाट स्वीकृत लिएर हात्तीलाई आजै रातीबाट पुन ः डाट गरिने बताए । हात्ती नियन्त्रणका लागि प्रविधिक, सेनाको मेजरको कमाण्डमा विषेश टोली परिचालन गरिएको उनको भनाई छ । विषको मात्र कम वा बढी भन्ने बारे प्राविधिकलाई मात्र थाहा हुने उनको बताए । हात्तीलाई डाट गर्ने क्रममा बढी विष दिए हात्तीको मृत्यु हुने भएकाले समस्या समधानका लागि आजबाट पूर्ण रुपमा लाग्ने जनाए ।

चितवन राष्ट्रिय निकुञ्जबाट वस्ती प्रवेश गर्ने हात्तीले वर्षेनी ठूलो संख्यमा जनधनको क्षति गर्दै आइरहेको छ । निकुञ्जले वस्ती प्रवेश गर्ने जनावरहरुलाई उचित समयमा नियन्त्रण नगर्दा मानव र वन्यजन्तुबीच द्धन्द्ध बढदै गएको छ ।