अष्ट्रेलियाको डढेलोले निम्त्याएको मनै छुने तस्वीर, जसले विश्व रुवायो (तस्वीरसहित)

काठमाडौँ :  विगत चार महिनादेखि अष्ट्रेलियामा फैलिएको विनाशकारी डढेलोको कारण विश्वभरीका मानिसहरुको ध्यान तानिरहेको छ ।

डढेलोमा परेर अहिलेसम्म २३ जनाले ज्यान गुमाइसकेका छन् भने ५० करोड भन्दा बढी जनावरहरु जलेर नष्ट भएका छन् । दक्षिण पूर्वी अस्ट्रेलियाका विभिन्न भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

यो डढेलो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको बताइएको छ ।  भिषण आगलागीको कारण हावा र विषालु धुँवाले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

पूर्वी तटीय इलाकामा जीवनयापन गर्न निकै मुस्किल परेको छ । कयौँ मानिसहरु घर छोडेर भागिरहेका छन् । पछिल्लो समय अष्ट्रेलियाको विनासकारी डढेलोमा परि मृत्यु भएका जनावर देखि लिएर त्यहाँको अवस्थाको दर्दनाक तस्वीरहरुले विश्व नै रुवाएको छ ।

आज हामी तपाईहरुलाई सामाजिक सञ्जालमा भाइरल भएका केही दर्दनाक तस्वीरहरु देखाउन गइरहेका छौँ ।