साताको साहित्य पुरस्कार सीतातुम्खेवालाई

चितवन : असल साहित्यकारले पुरस्कार र सम्मानहोइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ नेपाली साहित्यमाउल्लेखनिय योगदानदिँदै आइरहेको साताको साहित्य डट कमले बर्ष भरि आफ्नो वेभसाइटमा प्रकाशित रचनाहरु मध्ये उत्कृष्ट रचनालाई पुरस्कृत गर्दै आइरहेको छ ।
सोहि अनुसार यस बर्ष गत अगष्ट २०१८ देखि जुलाई २०१९ सम्म प्रकाशितभएका रचनाहरू मध्येबाट पाठकहरूको प्रतिक्रिया र निर्णायकहरूको निर्णयको आधारमा यस पटक कवियत्री सीतातुम्खेवाको कविता ‘वीर्यको बतास’लाई यस बर्षको साताको साहित्य पुरस्कार केही साता अगाडि घोषणा गरिएको थियो । आज राजधानीको पर्यटन बोर्डमा एक समारोहकाबीच सीतातुम्खेवालाई पुरस्कार अर्पण गरियो । पुरस्कृत लेखिकाले पुरस्कार स्वरुपताम्रपत्र र नगदबीसहजार प्राप्त गरेकीथिइन् । कार्यक्रमकाप्रमुखअतिथिकवितुलसीदिवसले साताको साहित्यको यो प्रयासले थुप्रै लेखकहरूलाई उर्जा थपिरहेको उल्लेख गरे । साताको साहित्य पुरस्कारको थालनी आठ बर्ष अघि देखि गरिएको हो ।
यस अघि नवीनप्यासी, पोल्लास सिन्धुलिय, बोनमप्रताप, नवराज पराजुली, मुकुन्दप्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरु पुरस्कृत भएकाथिए ।कार्यक्रममानयनराज पाण्डे, नारायण ढकाल लगायत साताको साहित्य पुरस्कारबाट पुरस्कृत लेखकहरूको पनिउपस्थितिथियो ।
लेखक एवं प्रकाशकभुपेन्द्र खड्काले सञ्चालन गरेको कार्यक्रममा साताको साहित्यकाकार्यकारी सम्पादकले उपस्थित सबैलाई स्वागत गरेका थिएभने, सम्पादकनिष्प्रभ सजीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका बीट मारेका थिए । साताको साहित्य पुरस्कारको प्रायोजन हरेक बर्ष इनोभेटिभ एसोसिएट्सले गर्दै आएको छ ।