आर्थिक हवलाई स्थापितसगैँ समग्र चितवनको विकास गर्न चुनारायणको उम्मेदवारी (संप्क्षित जीवनीसहित)

नारायणगढ : चितवनमा उद्योग वाणिज्य संघ चितवनको आसन्न ३७ औँ अधिवेशनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धा ह्ववात्तै बढेको छ । जसका लागि व्यवसायीहरु चुनावी चटारोमा व्यस्त छन् । यति उनीहरुलाई प्यानल बनाएर चुनावमा विभिन्न पदमा उठ्ने उम्मेदवरी दिने चटारो छ । अधिवेशन आउन ३ सातामात्रै बाँकी हालका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, यसअघि अध्यक्ष पदमा पराजय भएका राजु श्रेष्ठ र पूर्व उपाध्यक्ष विष्णु प्रसाद कँडेलबीच त्रिपक्षिय भिडन्त हुने देखिएको छ । उनीहरु यतिवेला भित्रभित्रै चुनावको तयारी तीव्र पारेका छन् । उवासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने आकंलन समेत गरिएको छ । अध्यक्ष पदका दाबेदार मध्ये वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ भने बलियो उम्मेदवारका रुपमा देखिएका छन् । वैद्धिक व्यक्तित्वको रुपमा परिचित श्रेष्ठ सबैका प्रिय र लोकप्रिय पात्रका रुपमा गनिन्छन् । नारायगढका पुराना व्यवसायी श्रेष्ठको परिवारले नारायगढमा बजार सुरु भएपछि व्यवसाय थालेका थिए ।

व्यवसायमा सक्रिय श्रेष्ठको जन्म नारायणगढ साविक वडा नम्बर १ मा वि.स.२०२५ सालमा भएको हो । बुवा तुलसीनारायण श्रेष्ठ र आमा गुनामाँया श्रेष्ठको कान्छा छोराको रुपमा जन्मिएका हुन् । उनको परिवारले यहाँ विस २०२७ सालदेखि व्यापार गर्दै आएका थिए । उनले प्रथामकि शिक्षा बालकुमार बोर्डिङ स्कुलमा भएको थियो भने बालकुमारी स्कुल हँदै, तत्कालिन कमर्श क्याम्पसबाट स्नातक तह अध्ययन गर्दै त्रिभुवन विश्वविद्यालयबाट एमफिलसम्मको अध्ययन गरेका छन् ।

आमा बुबाले सुरुवाती चरणमा कपडाको व्यपार गरेका थिए । घरको व्यवसाहिक माहोलबाट उनी पर रहन सकेनन् । त्यसपछि बुवाले किराना पसल पनि सञ्चालनमा ल्याएर अहिले पनि निरन्तरता दिई रहेका छन् ।

बुवाको पेशासँगै चुननारायणले नारायणगढमै साझेदारीमा कारको सोरुम सुरुवात गरेका थिए । यो बाहेक उनले नारायणगढकै बालकुमारी कलेजमा शिक्षक भएर काम गर्न सुरु गरे । शिक्षा क्षेत्रमा झुकाव राख्ने चुननारायण अहिले पनि साथीभाईको सहकार्यमा अटो शैक्षिक क्षेत्र सक्रिय छन् । उनकै नेतृत्वमा विस २०६६ सालमा हुण्डाईको शोरुम सञ्चालनमा आएको थियो । शिक्षका सँगसगै उनले विभिन्न क्षेत्रमा लगानी गरेर उद्योग वाणिज्य संघका पूर्ण रुपमा काम गर्न लागे । श्रेष्ठले संघको विभिन्न समिति उपसमितिको संयोजक भएर महत्वपूर्ण कामहरु गरेका छन् । उद्योग वाणिज्य संघमा अहिलेका प्रतिस्पर्धी मध्ये वित्तिय क्षेत्रमा बढी ज्ञान र अनुभवी पात्र मानिन्छन् ।

२ दशकभन्दा बढी शिक्षण पेशा अंगालेको उनले बालकुमारी क्याम्पसको पूर्व क्याम्पस प्रमुख भएर क्याम्पसको जिम्मेवारी सम्हालेका थिए ।

क्याम्पसमा सहायक क्याम्पस प्रमुखको २ कार्यकाल बिताएपछि ७ महिना चाहिँ क्याम्पस प्रमुख भए ।

एक दशकदेखि प्रत्यक्ष रुपमा उद्योग वाणिज्य संघमा लागेको उनले उद्योग वाणिज्य संघ चितवनको तर्फबाट राजस्व, कर, लगानी बोर्डलाई आर्थिक सल्लहाकारको भूमिका निर्वाहको अनुभव छ । जिल्लाको आर्थिक समृद्धमा उनले निर्माण गरेको खाकाले योजना निर्माणमा स्थान पाउदै आएको छ । उनले भने– २०५३ सालमा सधारण सदस्य भएर उवासघं चितवनमा प्रवेश गरेको थिए । कर, राजस्व आर्थिक ऐन, मौद्रिक नीति, आर्थिक नियमावली, अर्थ मन्त्रालय, लगानी बोर्ड चितवनमा ह’न सक्ने सम्भाव विकासका कुरा, भौतिक निर्माणका कुरामा, व्यवसाय अवसरका, हकहितका लागि म सधैँ तत्पर भए । हरेक व्यवसायका पीर मर्का बुझेको छु । .

नेपालको केन्द्र विन्दुमा रहेको यस जिल्लामा देशकै आर्थिक विकासमा नमुना प्रस्ताव गर्न सकिने भिजन आफूसँग रहेको कारण अध्यक्ष पदमा यो पटक उम्मेदवारी दिएको उनको भनाइ छ ।

चितवनको समग्र विकासको लागि मेरो उम्मेदवारीको प्रमुख एजेण्डा हो । भौगोलिक रुपमा चितनवलाई आर्थिक हबका रुपमा अगाडि बढाउन सकिन्छ । अन्य ठाउँको त’लनामा चितवन एउटा उकृष्ट ठाउँका रुपमा बढाउनपर्छ–उनी भन्छन् ।

यो बाहेक विभिन्न सामाजिक संघ संस्थामा पनि उनले नेतृत्व गरेका छन् । रोटरी क्लबअफ नारायणगढको पूर्व अध्यक्ष, योजना कार्यशालामा स्रोतव्क्तिका रुपमा काम गरेका छन् ।

चितवनलाई सट ट्रर्मका भन्दा लङ ट्रर्ममा विकास गर्नु पर्छ । यो हिसाबबाट आर्थिक लगानी सजिलै ल्याउन सकिने उनको भनाइ छ । उनी भन्छन्– यो अधिवेशनको मेरो मुख्य एजेण्डा आर्थिक विकास नै हो । . .

श्रेष्ठसँग विश्वका १० वटा भन्दा वढी देशमा व्यवसाहिक भ्रमण गरेको छन् । चितवनलाई आर्थिक केन्द्र, लगनीको केन्द्र बिजनेस हब विकास गर्न मेरो भूमिका महत्वपूर्ण रहने छ ।

उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ, डा तिलचन्द्र भट्राईपछिका उच्च शिक्षा हासिँल गरेका छन् ।