धनुषामा भोलि आइतवार शोकका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय

 

काठमाडौं : आइतबार शैक्षिक संस्था बन्द हुने भएका छन् । धनुषामा शनिवार राति भएको वि स्फोसटमा ठूलो क्षति भएका कारण सम्पूर्ण संस्थागत विद्यालय तथा क्याम्पस बन्द गर्ने निर्णय गरिएको हो । उक्त घटनामा परि प्रहरी निरिक्षक सहित तीन जनाको ज्या न गएको छ । जिल्लामा भएको ठूलो घटनाका कारण उत्पन्न शोकका कारण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको विद्यालय संरक्षण समितिले जनाएको छ । समितिले शनिवार एक विज्ञप्ती जारी गर्दै धनुषा जिल्ला भरिका सम्पूर्ण संस्थागत शैक्षिक संस्था बन्द हुने जनाएको हो ।

धनुषाको सिद्धेश्वरनाथ नगरपालिका– ५ मा प्रहरी निरीक्षक अमीर दाहालसहित तीन जनाको ज्या न जाने गरी गएराति भएको बसम विसस्फोसट भएको थियो । स्थानीय राजेश साहको शौचालमा रहेको ब म विसस्फोसट हुँदा साहसहित उनका छोरा आनन्द र प्रहरी निरीक्षक दाहालको निधन भएको हो ।

घटनामा एक प्रहरी जवानसहित मृ तक साहका अर्का छोरा र छोरी गसम्भीर घाइते छन् । उनीहरुको बीपी कोइराला मेमेरियल अस्पताल धरानमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा नेत्र विक्रम चन्द विप्लव समुहका पाँच जनालाई नियन्त्रणमा लिएको छ । जसमा दुई जना महिला समेत छन् ।

तीन जनाको ज्यासन जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बसम विसष्फोसटसमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।