विद्यार्थीको माग पुरा गर्न चितवन मेडिकल कलेजको फेरि ६ बुदेँ प्रतिवद्धता, प्राज्ञिक कार्य सञ्चालनमा सहयोग गर्न अपिल (हेरौँ पुरा विज्ञप्ती)

चितवन : चितवन मेडिकल कलेजलेविद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न पुनः एकपटक ६ बुदेँ प्रतिवद्धता सार्वजनिक गर्न गरेको छ । गएको मंसिर १२ गते पत्रकार सम्मेलन मार्फत नै कलेजले सरकारसंग भएको सहमती अनुसार वढि लिईएको रकम फिर्ता वा समायोजन गर्ने प्रकृया सुरु गरेकोमा फेरि एक पटक प्रतिवद्धतासहित विद्यार्थीहरुलाई सहमति आउन अपिल गरेको हो ।
कलेजले जारी गरेको विज्ञप्तीमा भनिएको छ, आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवम् प्राज्ञिक क्रियाकलापहरु सुचारु गराउन सहयोग गर्न, बिश्व बिद्यालयका नियमित परिक्षाहरुमा सहभागी हुन र विश्वासको वातावरण तयार गरी शुल्क समायोजनको प्रक्रियालाई सहयोग गर्न हार्दिक अनुरोध छ ।

 

चितवन मेडिकल कलेजले आन्दोलनरत विद्यार्थीलाई आन्दोलन स्थगित गरी नियमित पठनपाठनमा फर्किन आग्रह गरेको छ। कलेजले शनिबार प्रेस विज्ञप्ति जारी गरी सरकारसँग भएको दुईबुँदे सहमतिअनुसार अघि बढ्न आफूहरू तयार रहेकाले विद्यार्थीलाई आन्दोलन स्थगित गर्न आग्रह गरेको हो। मंसिर १० गते शिक्षा मन्त्रालयमा भएको दुईबुँदे सहमति कार्यान्वयन गर्ने चरणमा कलेज अघि बढेको समेत जनाएको छ।

निरन्तरको आन्दोलनले आजित बनेको मेडिकल कलेज केही लचिलो पनि देखिएको छ। विद्यार्थीको असहयोगका कारण सरकारसँगको सहमति कार्यान्वयन समस्या भइरहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘सरकार हामी सबैको अभिभावक हो।

सरकारले दिएको अनुमतिबाट चलेका हामी कलेजहरू उसले दिने निर्देशन, गर्ने नियमन र सहमतिभन्दा बाहिर जान सक्ने कुरा भएन। यो तथ्यलाई आत्मसाथ गरी नियमित शैक्षिक क्रियाकलापमा सहभागी भई शैक्षिक, प्रशासनिक र प्राज्ञिक कार्य सञ्चालनमा सहयोग गर्न अपिल गर्दछौँ।’

शैक्षिकवर्ष २०७५/०७६ (प्रथम वर्ष) र २०७४/०७५ (दोस्रो वर्ष) को एमबिबिएस र बिडिएस अध्ययनका लागि सरकारले उपत्यका बाहिर तोकेको ४२ लाख ४५ हजार र  १९ लाख ३२ हजार ६ सय १२ शिक्षण शुल्कमध्ये पचास प्रतिशत पहिलो किस्ताको शुल्क २१ लाख २२ हजार ५ सय र ९ लाख ६६ हजार ३ सय ६ लिइसकिएको छ।

त्यसबाहेक केही अतिरिक्त शुल्क तिरिसकेकाको हकमा पहिलो किस्ताको शुल्कमा, त्रिविरजिष्ट्रेसन शुल्क, काउन्सिल रजिष्ट्रेसन शुल्क, सम्बन्धित निकायले तोकेबमोजिमको रकम समेत जोडेर अन्य बाँकी हुन आउने रकम आगामी किस्तामा समायोजन गरिने कलेजले जनाएको छ।

यस्तै, कलेजमा सञ्चालित स्नातक तहका अन्य कार्यक्रमहरू (नर्सिङ, पब्लिक हेल्थ, बिफार्मेसी, बिएमएलटी, बिएमआईटी) का हकमा त्रिभुवन विश्वविद्यालय तथा सम्बन्धित निकायले सम्बन्धन प्राप्त मेडिकल कलेजका लागि तोकेको भन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ताको प्रक्रिया अगाडि बढाइएको पनि कलेजले जनाएको छ। केही लचिलो विद्यार्थीको निरन्तरको आन्दोलनले मेडिकल कलेज केही लचिलो बनेको छ।

कलेजले सरकारसँग भएको दुईबुँदे सहमतिभन्दा माथि उठेर शुल्क समायोजन गर्ने प्रतिबद्धता पनि जनाएको छ। शैक्षिक वर्ष २०७२/०७३ र २०७३/०७४ को हकमा विश्वविद्यालय तथा सम्बन्धित निकायको समन्वयमा अध्ययन, छलफल र छानबिन गरि चिकित्सा शिक्षा आयोगले आवश्यक कार्य गरिरहेको हुनाले उक्त आयोगको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउदै आन्दोलन स्थगित गर्न आग्रह गरेको छ।

साथै, सरकारसँग भएको दुईबुँदे सहमति र त्यसभन्दा पनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रमहरूमा समेत शुल्क समायोजन गर्ने प्रतिबद्धता मात्रै नभई कार्यान्वयन गर्ने चरणमा आएको विज्ञप्तिमा उल्लेख छ।

मेडिकल कलेजले विद्यार्थीबाट गैरकानुनी रूपमा लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै देशैभरका मेडिकल शिक्षा अध्ययनरत विद्यार्थी विगत तीन महिनाभन्दा लामो समयदेखि आन्दोलनमा रहेका छन्। पछिल्लो समय सरकार र मेडिकल कलेजबीच भएको सहमतिप्रति पनि असहमति जनाउँदै विद्यार्थीले आन्दोलनलाई जारी राखेका छन्। उनीहरूले बोर्ड परीक्षा नै बहिस्कार गरेर आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। विद्यार्थी सबै संकायको बढी शुल्क समायोजन वा फिर्ता गर्नुपर्ने मागमा अडिग देखिएका छन्।

कलेजले पत्रकार सम्मेलन नै आयोजना गरि मङ्सिर १० गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा मेडिकल कलेजका संञ्चालकहरु सहितको बैठक पछि भएका सहमती कार्यान्वयन प्रक्रिया अन्तर्गत वढि लिईएको शुल्क फिर्ता वा समायोजनको प्रकृया सुरु गरेको जनाएको थियो । हेरौँ कलेजले जारी गरेको प्रेस विज्ञप्ती,

प्रेस विज्ञप्ती
चिकित्सा शिक्षाको शुल्क समायोजन विवादको सम्बन्धमा माननीय शिक्षा, विज्ञान तथ ाप्रविधि मन्त्रीज्यू, चिकित्सा शिक्षा आयोग, बिश्वबिद्यालयका पदाधिकारी र मेडिकल कलेज सञ्चालक बीच मिति २०७६ मंसिर १० गते शिक्षा मन्त्रालयमा भएको दुई बुँदे सहमती कार्यान्वयन गर्ने चरणमा चितवन मेडिकल कलेज अगाडि बढेको छ । पटकपटक हामीले पत्रकार सम्मेलन, सार्वजनिक सूचनामार्फत आफ्ना प्रतिवद्धताहरु समेत व्यक्त गरेका छौ । आन्दोलरत विद्यार्थीहरुलाई आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी शुल्क समायोजनको मुद्धालाई टुुंगो लगाउन यस कलेजले पटकपटक अनुरोध पनि गरेको छ । शिक्षा मन्त्रालयले समेत सार्वजनिक अपिल गरिसकेको छ । तर, विद्यार्थीहरुको असहयोगका कारणले शुल्क समायोजनको मुद्धालाई विश्वासको वातावरणमा टुुंग्याउने हाम्रो प्रयासले सार्थकता पाएको छैन । कलेजमा तालावन्दी गर्ने, परीक्षाबहिष्कार गर्ने, धम्काउने जस्ता क्रियाकलापविद्यार्थीबाट हुँदा शुल्क समायोजनको प्रकृया अघि बढ्न सक्ने अवस्था पनि रहेन ।
सरकार हामी सबैको अभिभावक हो । सरकारले दिएको अनुमतिबाट चलेका हामी कलेजहरु उसले दिने निर्देशन, गर्ने नियमन र सहमती भन्दा बाहिर जान सक्ने कुरा भएन । यो तथ्यलाई आत्मसाथ गरी नियमित शैक्षिक क्रियाकलापमा सहभागी भई शैक्षिक, प्रशासनिक र प्राज्ञिक कार्य सञ्चालनमा सहयोग गर्न अपिल गर्दछौ । साथै, बिद्यार्थीहरुलाई आन्दोलनमा नरमाउन, समयको ख्याल गरि परीक्षामा सहभागीभर्इृ नियमित पठन पाठनमा पर्किन अनुरोध गर्दै कलेजका तर्फबाट पुनः एकपटक तपशिल बमोजिमका प्रतिवद्धता सार्वजनिक गर्न चाहान्छौं ।
१. शैक्षिकवर्ष २०७५÷०७६ (प्रथमबर्ष) र २०७४÷०७५ (दोस्रो बर्ष) को एम.बि.बि.एस र बि.डी.एस अध्ययनका लागि नेपाल सरकारले उपत्यका बाहिर क्रमशः ४२ लाख ४५ हजार र १९ लाख ३२ हजार ६ सय १२ शिक्षण शुल्क कायम गरेकोमा सो रकमकोे पचास प्रतिशत (आधाहुनजाने) पहिलो किस्ताको शुल्क २१ लाख २२ हजार ५ सय र ९ लाख ६६ हजार ३ सय ६ लिइ सकिएको छ । त्यस बाहेक केही अतिरिक्त शुल्क तिरिसकेकाको हकमा पहिलो किस्ताको शुल्कमा, त्रि.वि.रजिष्ट्रेसन शुल्क, काउन्सिल रजिष्ट्रेसन शुल्क, सम्वन्धित निकायले तोके बमोजिमको रकम समेत जोडेर अन्य बाँकी हुनआउने रकम आगामी किस्तामा समायोजन गरिने छ ।
२. यस कलेजमा सञ्चालित स्नातक तहका अन्य कार्यक्रमहरू (नर्सिङ्ग, पब्लिक हेल्थ, बि.फार्मेसी, बि.एम.एल.टी, बि.एम.आई टी) का हकमा त्रिभुवन बिश्व बिद्यालयतथा सम्वन्धित निकायले सम्वन्धन प्राप्त मेडिकल कलेजका लागि तोकेको भन्दा बढि लिएको शुल्क समायोजन वाफिर्ताको प्रक्रिया अगाडि बढाईएको जानकारी गराउँदछौं ।
३. शैक्षिक वर्ष २०७२÷०७३ र २०७३÷०७४ को हकमा बिश्व बिद्यालय तथा सम्वन्धित निकायको समन्वयमा अध्ययन, छलफल र छानविन गरि चिकित्सा शिक्षा आयोगले आवश्यक कार्य गरिरहेको हुनाले उत्त mआयोगको निर्णय कार्यन्वयन गर्न प्रतिवद्व रहेको जानकारी गराइन्छ ।
४. नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयको छात्रावृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीको शुल्क बिश्व बिद्यालय तथा सम्वन्धित निकायले तोकि पठाए अनुसार कार्यान्वयन गरिनेछ ।
५. अब उपरान्त त्रिभुवन विश्वविद्यालयले तोके अनुसार नियमित वार्षिक परीक्षा शुल्क लिईनेछ । परीक्षा सञ्चालनको लागि लाग्ने अन्य अतिरिक्त शुल्कका सम्वन्धमा सम्बन्धित निकायले तोके बमोजिम गरिने छ ।
६. त्रि.वि तथा अन्य सरोकारबाला निकायले लिने वाबुझाएको अतिरिक्त शुल्क विश्वविद्यालयको समन्वयमा चिकित्सा शिक्षा आयोगवाट निर्णय भई आए वमोजिम गरिनेछ ।
समायोजित शुल्कको जानकारीको लागि सम्वन्धित बिद्यार्थीका अभिभावकहरूले यस मेडिकल कलेजको कैलाशनगरस्थित लेखा शाखामा सूचना प्रकाशित मितिले एक हप्ताभित्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
साथैं, सरकारसँग दुई बुँदे सहमती र त्यसभन्दापनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रमहरुमा समेत शुल्क समायोजन गर्ने प्रतिवद्धता मात्रै नभई कार्यान्वयन गर्ने चरणमा आएको ब्यहोरा सम्वन्धित सबैमा जानकारी गराउँछौं । अन्य भन्दा एक कदम अघि बढेर कलेजले देखाएको सदासयतालाई सम्पुर्ण बिद्यार्थी, अभिभावक, सरोकारवाला सबै निकायले सकारात्मक रुपमा लिइ दिन ुहुनेछ भन्ने अपेक्षा गरेका छौं । त्यसैले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवम् प्राज्ञिक क्रियाकलापहरु सुचारु गराउन सहयोग गर्न, बिश्व बिद्यालयका नियमित परिक्षाहरुमा सहभागी हुन र विश्वासको वातावरण तयार गरी शुल्क समायोजनको प्रक्रियालाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं । साथै, सम्पूर्ण अभिभावक, नागरिक समाज, राजनीतिक दल, पत्रकार लगायत सम्पूर्णवाट सहयोगको अपेक्षा राख्दछौं ।
धन्यवाद
कलेज प्रशासन
मितिस् २०७६/८/२८