पत्रकार सिंखडा जमुनापुर हेल्थ सोसाइटीको ५ औँ साधारण सभामा सम्मानित

चितवन : पूर्वी चितवनको रत्ननगर १२ मा रहेको सामाजिक संस्था जमुनापुर हेल्थ सोसाइटीको ५औँ वार्षिक साधारण सभा सकिएको छ। विगत लामो समयदेखि जमुनापुर रहेर सोसाईटीले स्वास्थ्य र समाजिक क्षेत्रमा काम गर्दै आएको छ । सोही अवसरमा पत्रकारिता मार्फत सामाजिक क्षेत्रमा योगदान पुराएको भन्दै पूर्व क्षेत्रका अग्रज पत्रकार तथा कालिका दैनिक अनलाईनका प्रधानसम्पादक समेत रहेको पत्रकार शिशिर सिंखडालाई सम्मान गरिएको थियो ।

पत्रकारिताको माध्यमबाट स्थानीय क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पत्रकार सिंखडालाई संस्थाका अध्यक्ष रविन्द्र जङ्ग थापा र प्रदेश नम्बर ३ का सासंद कन्चन खनालले संयुक्त रुपमा नगद सहित सम्मान पत्रले सम्मानित गरेका थिए । संस्थाका अध्यक्ष रविन्द्र जङ्ग थापाले संस्थाको प्रगति प्रतिवेदन तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका सभामा कोषाध्यक्ष सुजिन्द्र बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका आर्थिक व्यवस्थापन समितिका संयोजक शिवराम केसी, सामुदायिक सहयोग केन्द्र नेपालका अध्यक्ष केशव पाण्डे, रोटरी क्लव अफ काठमाडौँ नर्थका पूर्व अध्यक्ष ऋषिराज उपाध्याय, रत्ननगर नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष दिल बहादुर पाख्रिन, सल्लाहकार संयोजक कपिलदेव सुवेदीले रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष रामहरि अधिकारी, पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहका सचिव चन्द्रकला पनेरु, समाज कल्याण परिषद्का पूर्व सदस्य लक्ष्मी कोइराला, राष्ट्रिय आधारभूत विद्यालय जमुनापुर ‘क’ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा सामुदायिक सहयोग केन्द्र नेपालले स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराउने घोषणा गरेको थियो । सभा संस्थाका उपाध्यक्ष रमेश बाबु कट्टेलको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।