भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउँछौँ : मेयर रेनु

भरतपुर : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने सपना साकार पार्नकै लागि युरोपियन देशहरुको भ्रमणमा निस्केको बताएकी छन् ।

युपोराप भ्रमणमा रहेकी मेयर दाहालले युरो नेपाल अनलाइन च्यानसँगको कुराकानीमा यस्तो बताएकी हुन् । युरोपियन देशहरुको विकासको मोडलिटी, फोहोर व्यवस्थापनमा भएका गतिविधिहरुको अध्ययन गरिरहेको जानकारी दिएकी छन् ।

उनले युरोपियन देशहरुमा भ्रमण गरेर त्यहाँको स्मार्ट सिटीको स्थलगत अवलोकन गरी त्यहाँ सिकेको कुराहरुलाई लिएर भरतपुर महानगरपालिकालाई पनि स्मार्ट सिटी बनाउने उदेश्य लिएको बताएकी छन् । युरोप भ्रमणमा रहेकी मेयर दाहालले कुटनितिक भेटघाट र राजनितिक नियोगसँगको अन्तरक्रिया भइरहेको बताइन् ।

उनले युरोपियन देशहरुको कुटनितिक भ्रमणमा महानगरको एक पैसा पनि खर्च नभएको बताउँदै मन्त्रिपरिषतलगायत सबै निकायबाट स्वीकृत लिएर भ्रमणमा आएको जानकारी दिएकी छन् ।

त्यस्तै युरोप भ्रमण टोलीमा रहेकी महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न यो भ्रमणले महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् ।