त्रिवेणी फिडद्धारा कुखुरा पालक कृषकलाई अब्बल बनाउन तालिम

चितवन : पोल्ट्रीको राजधानी चितवन जिल्लाको पश्चिम क्षेत्रका किसानहरुलाई व्यवसायिक रुपमा कुखुरा पालनमा अब्बल गराउन कुखुरा पालन सम्बन्धि तालिम प्रदान गरिएको छ । पछिल्लो समयमा पशुपालन भन्दा कुखुरा पालनतर्फ कृषकको आकर्षण बढेसँगै यो व्यवसायमा संलग्न कृषकलाई त्रिवेणी फिड ईण्डष्टिज प्रा.लिले तालिम प्रदान गरेको हो ।
त्रिवेणी फिडको शाखा कार्यालयको रुपमा रहेको भुषाल सप्लार्यसको संयोजनमा यहाँका झण्डै १ सय ५० जनालाई किसानहरुलाई तालिम दिई थप अब्बल बनाउने काम भएको सप्लार्यसका प्रबन्ध निर्देशक रामलाल भुषालले जानकारी दिए ।
तालिमको एक भव्य समारोहका विच भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईले उद्धघाटन गरेको थिए । सो अवसरमा बोल्दै व्यवसायिक रुपमा अब्बल बन्न किसानहरु कुखुरा पालनका विषयमा भरपुर जानकारी लिए मात्र यो क्षेत्रमा समस्या कम देखिने बताए ।

तालिमा चल्ला हुर्काउने विधि (ब्रुडिङ्ग०) खोर व्यवस्थापन, कुखुरामा लाग्ने प्रमुख रोग र त्यसको उपचारका विषयमा डाक्टर रामचन्द्र आचार्य र डाक्टर कृष्ण सुवेदीले सहजीकरण गरेका थिए। त्यसैगरी कुखराको दानाको बनावट, दाना प्रयोग गर्ने विधि, मौसम अनुसार कुखुरालाई गर्नुपर्ने हेरचाहा लगायतका विषयमा कम्पनीका प्रबन्धक संजय गुप्ताले प्रकाश पारेका थिए।

छोटो समयमा धेरै आम्दानी हुने भएकोले यो व्यवसायतर्फ युवाहरुको बढ्दो आकर्षण हुन थालेको छ । पशुपालन भन्दा कुखुरा पालन गर्दा पार्ट टाईमका रुपमा पनि गर्न सकिने र आम्दानी पनि छिटो हुने भएकोले युवाको यसप्रति झुकाव बढ्न थालेको तालिममा सहभागी कृषकले बताए ।

त्रिवेणी फिडको डिलरको रुपमा रहेको श्री गणेश पोल्ट्री सप्लार्यसका सञ्चालक भिम श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।