रोजगार : सात देशका लागि काउन्सेलर र श्रम सहचारीको माग (सूचनासहित)

काठमाडौं :  श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न सात देशमा काउन्सेलर र  श्रम सहचारीको दरखास्त आव्हान गरेको छ। मन्त्रालयकाअनुसार दक्षिण कोरिया, कतार र मलेसियाका लागि ३ जना काउन्सेलर माग गरेको  छ भने संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, कुवेत र ओमानमा श्रम सहचारी एक एक जना माग गरिएको हो।

मन्त्रालयले काउन्सेलर तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ अनुसार योग्यता पुगेका कर्मचारीहरुले ३५ दिन भित्र निवेदन दिन भनिएको छ। हेर्नुहोस् सूचना