पहिरो रोकथाम गर्न मंसिर २७ देखि नारायणगढ–मुग्लिन सडक दुई साता बन्द हुने

चितवन : पहिरो रोकथामका लागि चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड दुई साता बन्द गरिने भएको छ । राजधानी काठमाडौँसगँ जोडिने लाईफ लाईन नारायणगढ–मुग्लिन सडकमा पहिरो व्यवस्थापनका लागि आगामी मंसिर २७ गते (शुक्रबार) देखि दुई साताका लागि सवारी साधन संचालनमा रोक लगाईने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायाण कोईरालाले जानकारी दिए । जिल्ला सुरक्षा समितिको बैठकको आज जिल्ला प्रशासन कार्यालय चितवनमा सम्पन्न बैठकले मंसिर २७ गतेदेखि लागु हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो रोकथामको कार्य गर्न लागेकोले सवारी साधन संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । केही स्थानमा अझै पहिरोको जोखिम रहेकाले सडक विस्तारको काम सकिए पनि रोकथामको काम गरिन लागेको हो ।