२० लाख घुस सहित इन्जिनियर पक्राउ

काठमाडौं : सडक डिभिजन कार्यालय चकचके प्युठानका दुई इन्जिनियर २० लाख घुससहित पक्राउ परेका छन् । डिभिजन कार्यालय प्रमुख धु्रवकुमार श्रेष्ठ र इन्जिनियर नीरज महर्जनलाई मंगलबार अख्तियार टोलीले राजधानीको नयाँ बानेश्वरस्थित एक क्याफेबाट नियन्त्रण लिएको हो ।

उनीहरुले रनिङ बिल भुक्तानीबापत घुस लिएको खुलेको छ भने भ्रष्टाचार निवारण ऐन अन्तर्गतकारबाही प्रक्रिया अगाडी बढाइने अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिनुभएकाे अन्नपूर्ण पाेष्टमा समाचार छ ।