बढ्यो पश्चिमी वायुको प्रभाव, हिमपातको सम्भावना

काठमाडौं : एकाएक मौसम चिसिएको छ । भूमध्य सागरको वायुको प्रभावले अबका केही दिन मुलुकभरको मौसम प्रभावित बन्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको तर बुधबार रातिबाट पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव नेपालमा पर्ने विभागले जनाएको छ । यसबाट उच्च पहाडी र हिमाली भेगमा बाक्लो हिमपातसहित धेरै ठाउँमा हल्का वर्षा हुने भएको छ।

भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मुकस्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट नेपाल भित्रिने गर्छ। विभागले बुधबार अपराह्नदेखि भित्रिने पश्चिमी वायुको प्रभाव शनिबारसम्म कायम रहने जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर २५ गते (बुधबार)
दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ साथै उच्च पहाडि तथा हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ।

राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वि पहाडी भू-भागमा सामान्य बदलि रही पश्चिमि भु-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ पश्चिमि उच्च पहाडि तथा हिमालि भु-भागका केहि स्थानहरुमा र मध्य तथा पूर्वि उच्च पहाडि तथा हिमाली भु-भागका एक दुइ स्थानमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ ।

मंसीर २६ गते (विहिबार)
दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने संभाबना रहेको छ ।

मंसीर २७ गते (शुक्रबार)
दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने संभाबना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुका केहि स्थानहरुमा भारि र मध्य तथा पूर्वि उच्च पहाडि तथा हिमाली भु-भागका एक दुइ स्थानमा हल्का देखि मध्ययम हिमपात हुने हुँदा पश्चिमि उच्च पहाडि तथा हिमाली भु-भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ।