साना जाहाज चल्ने मेद्यौली विमानस्थल किन चल्दैन् ? (फोटोफिचर)

चितवन : दैनिक १२ वटा उडान हुने भरतपुर विमान स्थल मर्मतको लागि दश दिन बन्द हुदा चितवनकै मेघौली विमान स्थलमा भने एउटा पनि जहाज आएन । १२ वर्ष अगाडि बन्द भएको मेघौली विमान स्थल चलाउनको लागि उपयुक्त समय हुदा पनि चलेन । भरतपुरबाट २५ किलोमिटर पश्चिममा रहेको मेघौली जानको लागि कालोपत्रे सडक छ तर पनि यहाँ विमान आउन मान्दैन । यही क्षेत्रका प्रदेश सांसद कृष्ण भुतेलले भन्नु भयो ‘ भरतपुरमा बन्द हुदा यहाँ जहाज ल्याउनुहोस चढ्न आउने बानी पर्छ भन्दा पनि विमान कम्पनीले ल्याउन मानेन् । ’
धावन मार्ग कालोपत्रे गर्न सकेको भए जहाज ल्याउन सकिने थियो भुर्तेलले भन्नु भयो ‘हामीले यो विषयमा धेरै पटक बहस छलफल ग¥यो तर बहसमा मात्रै भयो चलाउन सकिएन ।’ भरतपुर विमान स्थलको धावन मार्ग १२ सय मिटर रहेको छ भने मेघौलीको एकहजार मिटर लम्बाइ छ । भरतपुर विमान स्थलका प्रमुख पवन गौतमले भन्नु भयो ‘मेघौलीको विमान स्थलमा घासे मैदान भएकाले साना जहाज मात्र आउन सक्छन्, ठुलालाई रनवे पुग्दैन ।’
कच्ची धावन मार्ग भएकाले जोखिम मोल्न निजि कम्पनीले मानेन् उहाले भन्नु भयो ‘नेपाल वायु सेवाले पनि उडान भरेन ।’ १२ वर्ष अगाडि टाइगर टप्स रिसोर्ट सञ्चालनमा हुदा यस विमान स्थलमा जहाज आउने गरेको थियो । २०७२ सालको बैशाख १ गते चौधरी गु्रपले सानो जहाज चार्टर गरेर ल्याएको थियो । त्यसपछि पनि चार्टर गरेर थोरै सख्यामा यहाँ जहाज आएको छ । तर नियमित रुपमा यहाँ जहाज चल्न सकेको छैन प्रमुख गौतमले भन्नु भयो ।
पर्यटन वर्ष २०२० आउदै गर्दा जिल्लामै रहेको विमान स्थल सञ्चालन हुन नसक्नु दुःखको कुरा भएको पर्यटनकर्मीले बताएका छन् । चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले भन्नु भयो ‘धावन मार्गको घाँस काटेर सफा बनाइयो तर कुनै जहाज कम्पनीले इच्छा देखाएनन् ।’ सरकारले नयाँ पर्यटकीय गन्तव्यको रुपमा मेघौलीलाई लिएको छ तर यहाँको विमान स्थल सञ्चालन गर्न सकिएन उहाले भन्नु भयो । मेघौली क्षेत्रमा स्टार तहका होटलहरु चार वटा रहेका छन् । निकुञ्जको जगल सफारी, नारायणी राप्ती नदीको संगम स्थलबाट सुर्यास्त देख्न सकिन्छ । यहीबाट एकसिंगै गैडा, पाटे बाघ, जंगली जनावर सजिलै देख्न सकिने स्थान रहेको छ ।
‘जिल्लाको अन्य स्थानमा भन्दा यहाँ जंगली जनावर सजिलै हेर्न सकिन्छ होटलहरु पनि छन् तर यहाँको महत्व बुझ्न सकेनन् ’ सुवेदीले भन्नु भयो । भरतपुर विमान स्थल मर्मतको लागि १० बन्द हुदा यहाँबाट जहाज सञ्चालन गर्न सकेको भए यहाँको प्रचार अझै बढेर जाने थियो उहाले भन्नु भयो ।
मेघौलीका स्थानीय निरज भट्टले भन्नु भयो ‘पर्यटन वर्षको लागि भन्दै पुरानाको स्तरवृद्धि र नयाँ निर्माण भइराखेका छन्, चालु अवस्थामा रहेको मेघौली विमान स्थलमा जहाज ल्याउन नसक्दा यस क्षेत्र पछाडि प¥यो ।’ भरतपुरमा विमान बन्द हुदा काम चलाउकै लागि भएपनि मेघौलीमा सञ्चालन गरेको भए यस क्षेत्रको पर्यटन प्रवद्धन हुने थियो उहाले भन्नु भयो । स्थानीय कृष्णकान्त पौडेल भन्नु हुन्छ विदेशीले मेघौली चिने सरकारले चिन्न सकेन । टाइटर टप्स हुदा चल्ने अहिले बन्द भएपछि विमान स्थलनै बन्द यो दुःखको कुरा हो ।
वुद्ध एयरका भरतपुर स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले भन्नु भयो ‘१० दिन आराम गरेर बस्ने जोखिम मोलेर घासे मैदानमा जहाज अवतरण नगराउने ।’ वुद्धको साना जहाज थोरै छन् ठुला जहाज त्यहाँ बस्न सक्दैन त्यसैले धेरै चासो दिएका छैनौ उहाले भन्नु भयो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भन्नु भयो ‘महानगरको तर्फबाट पनि पहल गरेका थियौ तर निजी कम्पनीले ल्याउन मानेन ।’ मेघौली जान आउन समस्या नभएपनि सञ्चान भइराखेको विमान स्थल भन्दा बाहेक जान नचाहेपछि बैकल्पिक एयर्पोट भएर पनि सञ्चालनमा आएन ।
भरतपुर विमान स्थलको धावन मार्ग मर्मत गर्न मङसिर १५ देखि २४ गतेसम्म विमानस्थल बन्द गरिएको छ ।