रेडक्रस रनिङ शिल्ड क्वीज प्रतियोगिता सम्पन्न

रामपुर : नेपाल युवा रेडक्रस सर्कल (एएफु) रामपुरको आयोजनामा रेडक्रस रनिङ शिल्ड क्वीज प्रतियोगिता सम्पन्न भएको छ । नेपाल युवा रेडक्रस सर्कल (एएफु) रामपुरका अध्यक्ष शिक्षित पराजुलीको सभापतित्वमा सम्पन्न प्रतियोगितामा नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि न्यौपानेले रेडक्रस रामपुरले विभिन्न स्कूल र कलेजका विद्यार्थीहरुलाई एकीकृत गरेर आयोजना गरेको क्वीज प्रतियोगिताले विद्यार्थीहरुमा उर्जा थपिएको समेत बताउनुभयो । उहाँले विद्यार्थीहरुको उक्त कार्यको प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपसभापति रत्नप्रसाद सापकोटा, सर्कलका सल्लाहकार रामहरि तिमिल्सिना, रामपुर विश्वविद्यालयका सहायक प्राध्यापक अंकित कोइराला, नेपाल युथ रेडक्रस (एएफयू) रामपुरका सदस्यलगायतको उपस्थिति रहेको थियो भने प्रतियोगितामा कृषि तथा वन विश्व विद्यालय रामपुर प्रथम, गुरुकुल कलेज द्धितीय, अरोमा कलेज तृतीय भएको कार्यक्रम संयोजक पुजा बरालले बताउनुभयो ।

उक्त क्वीज प्रतियोगिताको मुख्य प्रायोजकमा ग्रेज एजुकेशन कन्सल्टेन्सी र सह प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रनिङ सेन्टर रहेको र जिल्लाका ९ स्कूल, कलेजहरुको सहभागिता रहेको रेडक्रस रामपुरकी सदस्य सलिना रैलाले जानकारी दिनुभयो । रनिङ शिल्डको अघिल्लो संस्करणको बिजेता सनराइज कलेज रहेको थियो ।