मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि पहल

नवलपुर : मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका निम्ति कावासोती नगरपालिकाले पीसीसी वाल र मेस जाली निर्माणको काम अघि बढाएपछि नगरपालिका भित्र वन्यजन्तुले आक्रमण गर्ने क्षेत्रका स्थानीयहरु खुसी भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र प्रभावित नगरपालिकाका सात वडाको झण्डै २० किलोमिटर क्षेत्रफलमा पर्खालसहितको मेसजाली लगाउने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । सोहीअनुरुप अहिले पर्खालसहितको जाली लगाउने कामले निरन्तरता पाएपछि स्थानिय खुसी देखिएका हुन् । पहिले बस्तीमा वन्यजन्तुले बालीनालीमा क्षति पु¥याउने, मान्छेलाई समेत आक्रमण गर्ने घटना हुने गरेका भए पनि अब पहिले जस्तो वन्यजन्तुबाट आक्रमण हुन नपरेको स्थानीय मुना भट्टराईले बताइन् ।
अहिले वन्यजन्तु प्रभावित क्षेत्रमा तीन फिट अग्लो पर्खाल र पर्खालमाथि थप तीन फिट जाली लगाउने काम भइरहेको छ । नगरपालिकाअन्तर्गत मध्यवर्ती क्षेत्रसँग जोडिएका वडा ७, १०, ११, १२, १३, १५ र १७ वन्यजन्तुका कारण प्रभावित रहेका छन् । यस क्षेत्रमा निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले वर्षेनी ठूलो मात्रमा अन्नबाली, चौपाया र मानिसमा समेत क्षति पु¥याउँदै आएका थिए ।