काठमाडौं चिसिँदै, तापक्रम ५ डिग्री सेल्सियसभन्दा तल

काठमाडौं : हिउँदयाम बढ्दै जाँदा काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ दशमलव ४ डिग्री मापन गरेको छ। काठमाडौंमा आज बिहान कायम तापक्रम यो बर्षकै न्यून हो।

बुधबारसम्म चिसो झनै बढ्ने महाशाखाले जनाएको छ। उपत्यका र तराईमा हुस्सुका कारण चिसो बढिरहेको हो। पश्चिमी वायुको प्रभाव बढ्दा हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने सम्भावना छ।