चितवनमा एसपी मल्लको ४ कुटनितिक सफलता र ११ काम

चितवन : चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले चुनौतीका बाबजुत जिल्लामा शान्ती सुरक्षा कायम गर्न सफल देखिएको छ । पहिलो गाँसमा नै ढुगां लागेका एसपी मल्लले विभिन्न काण्डसगैँ उपनिर्वाचन समेत सफल रुपमा सम्पन्न गर्न सफल भएका हुन् । यस अवधी एसपी मल्लले अप्रेशन क्लिन चितवन अभियान नै चलाएर नयाँ रणनितिका साथ अघि बढेका थिए ।

घटना :

धुर्मुस सुन्तली फाउण्डेशनको संयोजकत्वमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको जग्गा अतिक्रमणको बिषयलाई लिएर स्थानिय मानिसहरुले चलाएको डोजर काण्डमा स्थानिय निकाय, स्थानिय मानिसहरु र रंगशाला निर्माण पक्ष समेतसंग सहकार्य गरी समस्या समाधान गरे । भने तारबार समेत भत्काएको घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कार्वाही गरिएको थियो ।  साथै थप अप्रिय घटना हुन नपाएको र नदिई प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी पोष्ट खडा गरी सुरक्षा प्रदान गरी आएको  छन् ।

घटना :

यस्तै शालिकराम पुडासैनी पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डी मृत अवस्थामा फेला परेकोमा पुडासैनीलाई रवि लामिछाने समेतले आत्महत्या गर्न बाध्य बनाएको भन्ने भन्ने खुल्न आएकोले निज रवि लामिछाने समेतलाई पक्राउ गरेको थिए । भने घटनामा सर्वसाधारणहरुले असन्तुष्ट जनाई भएको भिड र जुलुस तथा विरोध कार्यक्रममा संयम्ता अपनाई सुरक्षा प्रदान गरी अप्रिय घटना हुनबाट उनले चालेको सुरक्षा रणनिति सफल समेत थियो । जसको प्रहरी संगठन र जिल्ला सुरक्षा समितिले प्रशंसा गरेको थियो ।

घटना :

यसै गरि मेडिकल सिटि चितवनमा उनले पहिलो पटक अस्पता तोडफोड गर्नेलाई तोडफोडको क्षति वापत जरिवान भराउन र तत्कालै पक्राउ गर्न सफल थिए ।

नवलपरासी मध्यबिन्दु न.पा.वडा नं.९ बस्ने आशा ज्ञवालीको चितवन मेडिकल कलेज शिक्षण अस्पता भरतपुरमा अप्रेशन पश्चापत मृत्यु भएको घटनामा मृतकका आफन्त तथा छरछिमेकका कात्तिक ०३ गतेका दिननै कलेजमा तोडफोड गरी क्षती पुर्याकएका थिए । सोही घटनामा संलग्न ११ जनालाई तत्काल पक्राउ गरि प्रहरी अस्पतालमा सुरक्षा व्यवस्था मजवुद गरी थप अप्रिय घटना हुन पाएन् ।

घटना :

यस्तै विगतको चुनावमा मतपत्र काण्डका चर्चीत बनेको चितवनमा यो पटक चितवन प्रहरीका कडा सुरक्षा रणनितिका कारण कुनै घटना भएन् । जसको कारण उपनिर्वाचन सकिए लगत्तै नेकपा र नेपाली काग्रेँसले नेतृत्व तहले मतदान स्थलमा नै एसपी मल्लको प्रशंसा गरेका थिए । उनले कुनै पनि अप्रिय घटना हुन नदिई निर्वाचन सम्पन्न समेत गर्न सफल देखिए ।

फरार अपराधी पक्राउ अभियान तीव्र

यस्तै चितवन प्रहरीले फरार अपराधी पक्राउ अभियान तीव्र पारेको छ ।  प्रहरीले विभिन्न अपराधमा संलग्न भएका २६ सय ८४ जनालाई पक्राउ गरे मध्ये अदालतबाट दोषी ठहर भई फरार रहेका ७८ जनालाई प्रहरीले पक्राउ गरेको एसपी दान बहादुर मल्लले जानकारी गराउनुभयो ।

सामुदायिक प्रहरी साझेदारी अभियान अन्र्तगत सुमदायसगँको समन्वय गरि अपराधीहरु धमाधम पक्राउ गर्न चितवन प्रहरी सफल भएको उहाँले बताउनुभयो ।

क्लिन चितवन अभियानसहित जिल्लामा आएका प्रहरी प्रमुख एसपी मल्लको नेतृत्वमा जिल्लामा ६ महिनाको अवधीमा ७८ जनालाई  फरार अपराधीलाई पक्राउ गरि कार्वाहीको दायरामा पुराएको हो ।

“फैसला कार्यान्वयन गर्ने नीतिअन्तर्गत जेठ १५ देखि हालसम्मको खोजीमा प्रहरीले ७८ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ, एसपीले मल्लले भन्नुभयो,  जिल्लामा अझै अपराधी फरार रहेकाले खोजी अभियानलाई तीव्र पारेका छौँ । ।” अदालतबाट धेरै सजाय पाएका अपराधी भारत जाने गरेका उनीहरुलाई समात्न नसकिएको उहाँको भनाइ थियो ।

“अदालतले फैसला गरेर सजाय तोकेपनि देशभरीबाट फरार भई चितवनमा लुकिछिपी बस्नेहरु रहेछ उहाँले भन्नुभयो क्लिन चितवन बनाउन यस्ता अपराधी लुके समस्यामा हुन्छ, यसकारण खोजी खोजी यस अपराधी पक्राउ गर्न अभियान निरन्तर छ, अब अपराधी प्रहरीबाट उम्कन सक्दैन् । ”

पक्राउ परेका उनीहरुलाई जम्मा  ७५ पुरुष र ३ महिला गरी जम्मा ७८ जनालाई पक्राउ गरी जसबाट १६ बर्ष ५ महिना ७ दिन कैद र सात लाख त्रियासी हजार पाँच रुपैय  जरिवाना असुलउपर गरी फैसला कार्यान्वयनमा सहयोग पु¥याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण कोईरालाले जानकारी दिनुभयो ।

पक्राउ परेकामा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी बढी छन् भने रु रकम तिर्न  नसक्ने अपराधी पनि फरार छन् । वडा विभाजन गरेर फरारको सूची प्रत्येक प्रहरी चौकीमा पठाइएको बताउँदै प्रवक्ता कोईरालाले जतिसक्दो चितवनलाई फरार अपराधी मुक्त जिल्ला बनाउने लक्ष्य लिएको जनाउनुभयो ।

अप्रेशन क्लिन चितवन अभियान र २६ सय ८४ जना पक्राउ

मल्लले उनले आफु गत जेठ १५ गते चितवन प्रहरी प्रमुखको जिम्मेवारीमा आए पश्चात् अप्रेशन क्लिन चितवन अभियान नै चलाएर अपराधीहरुको खोजीसगैँ अपराध नियन्त्रणका लागि विद्यार्थी पढाउने अभियानसम्म जारी राखेका छन् ।

अवधीमा २६८४ जना पक्राउ गरिएको बताए । उनले पक्राउ परेका मध्य ४४६ जनालाई मुद्धा चलाईएको, ४ सय १३ जनालाई अभद्र व्यवहारमा कारर्वाही गरिएको र १७ सय ४७ जनालाई सम्झाई बुझाई गरि पठाईएको छ ।

कानुन पालना गराउन र सेवा दिन कुनैपनि हालतमा पछि नपर्ने बताउदै मल्लले यदि कुनै प्रहरीले आफैले नै अपराध गरेको भएपनि नछोड्ने प्रतिक्रिया दिए । उनले जिल्लाको शान्ति सुरक्षा भड्कीन नदिन आफु तल्लीन रहेको बताए ।

एसपी मल्ल चितवनमा आए पश्चात रङ्गशाला काण्ड, शालिग्राम पुडासैनी र रवि लामिछाने काण्डसगैँ उपनिर्वाचन सफल रुपमा सम्पन्न गरिसकेका छन् । विभिन्न चुनौतीको सामना गर्दै चितवन प्रहरीले ज्ञानेन्द्र शाही प्रकारणमा पक्राउ पुर्जी जारी भएकालाई खोजी कार्य तीव्र बनाएको छ । भने चितवन मेडिकल कलेज सिएमसी आन्दोलनमा समेत सयंमिता अपनाई काम गरिरहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम

यसै गरि चितवन प्रहरी क्लिन चितवनकै लागि प्रहरी प्रमुख सवेन्द्र खनालले प्रभावकारी रुपमा अगाडी बढाएको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई पनि उहि गति अगाडी बढाएको छ ।

अपराध नियन्त्रणका लागि विद्यार्थी पढाउने अभियान देखि विभिन्न ७६ वटा सामुदायिक सचेतना कार्यक्रम, ६३ वटा विद्यालय सम्पर्क कार्यक्रम र २५ वटा प्रहरीसंग एक दिने कार्यक्रम पनि सम्पन्न गरिसकेको छ ।

मुद्दा दर्ता तथा मानिस पक्राउ

यस्तै विभिन्न अपराध घटनामा चितवन प्रहरीले ६ सय ६३ वटा मुद्दा दर्ता गरि अपराध नियन्त्रण अभियान तीव्र पारेको छ । भने जसमा संलग्न ९ सय ५५ जना व्यक्ति उपर मुद्दा चलाईएको र ८ सय ६१ जनालाई पक्राउ गरिएको थियो ।  जस मध्ये ९ जना तेस्रो लिङ्गीलाई पनि चितवन प्रहरी टिम कार्वाही गर्न सफल देखिएको थियो ।

यस्तै छुट्टा छुट्टै ५ वटा हत्याका घटनामा संलग्न १३ जनालाई पक्राउ गरी कारवाही चितवन प्रहरीले गरेको छ ।

भने छुट्टाछुट्टै जबरजस्ती करणीका २० वटा घटनामा संलग्न २० जनालाई पक्राउ गरी कारवाही भएको प्रहरी रेकर्ड छ ।

वेश्यावृती नियन्त्रण

यस्तै चितवन प्रहरीले वेश्यावृती नियन्त्रण अभियानलाई पनि फरक ढंगका साथ अगाडी बढाएका थियो । जसमा युवतीहरुलाई जबरजस्ती वेश्यववृतीमा लगाउने ५ जनालाई पक्राउ गरी छुट्टा छुट्टै ३ वटा मानब बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी कारवाही गरेको रेर्कडले देखाउछ ।

जुवातास नियन्त्रण

यसै चाडपर्वसहित अन्य वेलामा समेत चितवन प्रहरीले थालेको जुवातास नियन्त्रण

अभियान प्रभावकारी नै देखिएको छ । जसमा प्रहरीले जुवातास खेल्ने १ सय ३३ जनालाई पक्राउ गरी छुट्टाछुट्टै १६ वटा मुद्दामा कारवाही गरेका थियो । भने जसमा जुवा खेल्न प्रयोग भएको १७ लाख ६८ हजार २ सय ७५ रुपैयाँ बरामद गरी अदालत बुझाईएको थियो ।

अवैध हातहतियार नियन्त्रण

चितवन प्रहरीले यसै अवधीमा अवैध हातहतियार ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरी कारवाही गरेको छ । जसमा मेड ईन युएस लेखिएको पेस्तोल १ थान, पेस्तोलकै म्याग्जिन १ थान, सोमा लाग्ने गोली ५ राउण्ड र बा ८५ प ८०८४ न.को १५० सि.सि.पल्सर मोटर समेत बरामद प्रहरीले गरेका छ ।

नेटवर्किङ ठगी नियन्त्रण

यस्तै ठगी कार्यमा संलग्नलाई समेत कार्वाही गर्न चितवन प्रहरी आक्रमक रुपमा नै अगाडी बढेको थियो ।

एल. टि. एभरेष्ट हर्वल लाईफ ग्लोबल प्रा.लि.नामको संस्था काठमाण्डौमा दर्ता गरी चितवन जिल्लामा समेत सर्व साधारणहरुलाई झुक्यानमा पारी नेपालमा प्रतिवन्धित नेटवर्कीङ व्यवसाय संचालन गरी सर्व साधारणलाई ठगी गर्ने चार जनालाई पक्राउ गरी छुट्टाछुट्टै २ वटा मुद्दा दर्ता गरी कारवाही गरिएका चितवन प्रहरीले गरेका थियो ।

लागु औषध कारोवार नियन्त्रण

लागुऔषध नियन्त्रण अभियानमा समेत चितवन प्रहरी नै आक्रमक नै भएको देखिन्छ । यो अवधीमा नै अवैध लागु औषध खरिदबिक्री तथा ओसापसार गर्ने ६७ जनालाई पक्राउ गरी छुट्टा छुट्टै ४० वटा मुद्दा दर्ता गरी कारवाही गर्न प्रहरी सफल छ । जसमा डाईजेपाम १४२ एम्पुल, व्युप्रिबर्फिन १३७ एम्पुल, फेनारगन १४४ एम्पुल, खैरो हेरोईन १० ग्राम ३६० मिलिग्राम, नाईट्राजेपाम ६२३ ट्यावलेट र गाँजा २८९ किलो २०० ग्राम बरामद गरिएको थियो ।

१ सय ५० विगाहको अवैध गाँजा खेती नष्ट

यसै अवधीमा अबैध लागु औषध खेती नष्ट गर्ने अभियान समेत तीव्र पारेको छ चितवन प्रहरीले । प्रहरीले तत्कालिन चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहितको टोली नै लगेर यो अवधीमा १५० बिगाह १ कट्ठा जग्गामा लगाएको अवैध गाँजा खेती नष्ट गरेका थियो ।

ट्राफिक कारवाही र राजश्व संकलन

यस्तै सवारी दुर्घटना नियन्त्रणमा समेत चितवन प्रहरी अगाडी नै छ । यस अवधीमा प्रहरी सवारी नियम उलङघन गरी सवारी चलाउने २१ हजार ५ सय १३ वटा सवारी तथा सवारीका चालकलाई कारवाही गरेका छ । भने उनीहरुबाट १ करोड ६९ लाख २४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको  छ  ।

हेरौँ प्रहरी रेर्कडमा समेत एसपी मल्लको ११ काम 

मिति २०७६/०२/१५ गते देखि हाल सम्मको प्रगती बिवरण :-

(क) मुद्दा दर्ता तथा मानिस पक्राउ –

  • बिभिन्न अपराध अपराध घटनाका ६६३ वटा मुद्दा दर्ता गरिएको, जसमा संलग्न ९५५ जना उपर मुद्दा चलाईएको जस मध्ये ८६१ जनालाई पक्राउ गरिएको छ, पक्राउ पर्नेमा ७८९ जना पुरुष, ६३ जना महिला र ९ जना तेस्रो लिङ्गी रहेका छन् ।
  • छुट्टा छुट्टै ५ वटा हत्याका घटनामा संलग्न १३ जनालाई पक्राउ गरी कारवाही गरिएको ।
  • छुट्टाछुट्टै जवरजस्ती करणीका २० वटा घटनामा संलग्न २० जनालाई पक्राउ गरी कारवाही गरिएको ।

(ख) बेश्‍यावृती नियन्त्रण –

  • युवतीहरुलाई जवरजस्ती वेश्‍यवृतीमा लगाउने ५ जनालाई पक्राउ गरी छुट्टा छुट्टै ३ वटा मानब बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी कारवाही गरिएको ।

(ग) जुवातास नियन्त्रण –

  • जुवातास खेल्ने १३३ जनालाई पक्राउ गरी छुट्टाछुट्टै १६ वटा मुद्दामा कारवाही गरिएको, जसमा जुवा खेल्न प्रयोग भएको रु.१७,६८,२७५/- बरामद गरी अदालत बुझाईएको ।

(घ) अवैध हातहतियार नियन्त्रण –

  • अबैध हातहतियार ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरी कारवाही गरिएको, जसमा Made In USA लेखिएको पेस्तोल १ थान, ऐ.को म्याग्जिन १ थान, सोमा लाग्ने गोली ५ राउण्ड र बा ८५ प ८०८४ न.को १५० सि.सि.पल्सर मोटर समेत बरामद गरिएको ।

(ङ) नेटवर्किङ ठगी नियन्त्रण –

  • एल.टि.एभरेष्ट हर्वल लाईफ ग्लोबल प्रा.लि.नामको संस्था काठमाण्डौमा दर्ता गरी चितवन जिल्लामा समेत सर्व साधारणहरुलाई झुक्यानमा पारी नेपालमा प्रतिवन्धित नेटवर्कीङ व्यवसाय संचालन गरी सर्व साधारणलाई ठगी गर्ने चार जनालाई पक्राउ गरी छुट्टाछुट्टै २ वटा मुद्दा दर्ता गरी कारवाही गरिएको ।

(च) लागु औषध कारोवार नियन्त्रण –

  • अवैध लागु औषध खरिदबिक्री तथा ओसापसार गर्ने ६७ जनालाई पक्राउ गरी छुट्टा छुट्टै ४० वटा मुद्दा दर्ता गरी कारवाही गरिएको, जसमा डाईजेपाम १४२ एम्पुल, व्युप्रिबर्फिन १३७ एम्पुल, फेनारगन १४४ एम्पुल, खैरो हेरोईन १० ग्राम ३६० मिलिग्राम, नाईट्राजेपाम ६२३ ट्यावलेट र गाँजा २८९ किलो २०० ग्राम बरामद गरिएको ।
  • अबैध लागु औषध खेती नष्ट गर्ने क्रममा यो अवधीमा १५० बिगाह १ कट्ठा जग्गामा लगाएको अवैध गाँजा खेती नष्ट गरिएको ।

(छ) फरार अपराधी पक्राउ –

  • बिभिन्न अपराध घटनामा संलग्न रही अदालतको फैसलाबाट कैद जरिवाना तोकिएका ७५ पुरुष र ३ महिला गरी जम्मा ७८ जनालाई पक्राउ गरी अदालतमा बुझाईएको, जसबाट १६ बर्ष ५ महिना ७ दिन कैद र रु.७,८३,००५/- (सात लाख त्रियासी हजार पाँच रुपैया) जरिवाना असुल उपर भएको ।

(ज) ट्राफिक कारवाही र राजश्व संकलन –

  • सवारी नियम उलङघन गरी सवारी चलाउने २१,५१३ वटा सवारी तथा सवारीका चालकलाई कारवाही गरी रु.१,६९,२४,५००/- राजश्‍व संकलन गरिएको ।

(झ) समुदाय-प्रहरी साझेदारी कार्यक्रम –

  • यस अवधीमा सामुदायिक सचेतना कार्यक्रम – ७६
  • विद्यालय सम्पर्क कार्यक्रम ——————- ६३
  • प्रहरी संग एक दिने कार्यक्रम —————– २५

(ञ) लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान,-

  • २५ नोभेम्बर देखि १० डिसेम्वर (मंसिर ९ देखि २४ गते सम्म) मनाउन लागिएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रीय अभियान, २०१९ अन्तर्गत हिजो मिति २०७६/०८/२१ गते सम्म (१३ दिनमा) बिभिन्न २४ स्थानमा कार्यक्रमहरु संचालन गरिएको ।
  • जसमा,
  • लैगिंक समानता कायम गर्न पुरुषको भुमिका,
  • गुड टच र व्याड टचको बिषयमा सचेतना,
  • महिला हिसां न्युनिकरणका लागी सार्वजनिक यातायात मा हुने यौनजन्य हिंसा तथा दुव्र्यबहार अन्त्यका लागी चालक तथा सह चालकहरु संग को अभिमुखीकरण तथा यात्रुबाहक बसमा सिसिक्यामरा जडान,
  • महिला हिसां न्युनिकरणका लागी अभिमुखिकरण कार्यक्रम,
  • सुरक्षीत शहर अभिमुखिकरण कार्यक्रम,
  • महिला स्वास्थ्यमा पुरुषको जिम्मेवारी,
  • महिला हिसां न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम

जस्ता बिषयहरुमा जनचेतना फैलाउने कार्य गरिएको ।

(ट) Clean Chitwan अभियान संचालन अन्तर्गत –

  • यस जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको Clean Chitwan अभियान अन्तर्गत बिभिन्न मुद्दामा फरार रहेको अभियुक्त, अपराधीहरु तथा अपराध घटनामा संलग्न, शंकित तथा शान्ती सुरक्षामा खलल पुर्‍याउने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको ।
  • यस अवधीमा जम्मा पक्राउ संख्या – २६८४ जना
  • अन्य अपराधमा मुद्दा चलाईएको – ४४६ जना
  • अभद्र व्यवहारमा मुद्दा चलाईएको – ४१३
  • अदालत बुझाईएको – ७८ जना (फरार अपराधी)
  • सोधपुछ पश्‍चात छाडिएको संख्या – १७४७ जना

प्रहरी कार्य –

  • जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.१५ शान्ति चोक स्थितमा रामपुर कृषी तथा बन बिज्ञान बिश्वबिद्यालयको खाली जग्गामा धुर्मुस सुन्तली फाउण्डेशनको संयोजकत्वमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको जग्गा अतिक्रमणको बिषयलाई लिएर स्थानिय मानिसहरुले JCB (डोजर) समेतको प्रयोग गरी उक्त रंगशालाको पश्चिम तर्फको पोल सहितको तारबार समेत भत्काएको घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरिएको, उक्त घटनाका सम्बन्धमा स्थानिय निकाय, स्थानिय मानिसहरु र रंगशाला निर्माण पक्ष समेत संग सहकार्य गरी समस्या समाधान गरिएको, थप अप्रिय घटना हुन नपाएको/नदिएको, सो पश्‍चात उक्त स्थानमा प्र.ना.नि.को कमाण्डमा प्रहरी पोष्ट खडा गरी सुरक्षा प्रदान गरी आएको ।
  • जिल्ला नुवाकोट बेलकोटगढी न.पा.वडा नं.३ बस्ने बर्ष २७ को शालिकराम पुडासैनी मिति २०७६/०४/२० गते राती अं.२१:४५ बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.१ पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डी मृत अवस्थामा फेला परेकोमा निजलाई रवि लामिछाने समेतले आत्महत्या गर्न बाध्य बनाएको भन्ने भन्ने खुल्न आएकोले निज रवि लामिछाने समेतलाई पक्राउ गरेको घटनामा सर्वसाधारणहरुले असन्तुष्ट जनाई भएको भिड/जुलुस तथा बिरोध कार्यक्रममा संयम्ता अपनाई सुरक्षा प्रदान गरी अप्रिय घटना हुन नपाएको/नदिएको ।
  • जिल्ला नवलपरासी मध्यबिन्दु न.पा.वडा नं.९ बस्ने आशा ज्ञवालीको चितवन मेडिकल कलेज शिक्षण अस्पता भरतपुरमा अप्रेशन पश्‍चात मृत्यु भएको घटनामा मृतकका आफन्त तथा छरछिमेकका मिति २०७६/०७/०३ गतेका दिन उक्त मेडिकल कलेजमा हुलहुज्जत तथा तोडफोड गरी क्षती पुर्‍याएको घटनामा संलग्न ११ जनालाई तत्काल पक्राउ गरिएको, उक्त अस्पतालमा सुरक्षा व्यवस्था मजवुद गरी थप अप्रिय घटना हुन नपाएको/नदिएको ।