चेपाङ राजमार्गमा अटो दुर्घटना, ५ जनाको मृत्यु, १ घाईते, हेराैं ३ फाेटाे

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा भयानक अटो दुर्घटना भएको छ । दुर्घटनामा अटोमा सवार ५ जनाको मृत्यु भएको छ भने र १ जना सख्त घाईते भएको जनाईएको छ । आज (शनिवार) साझ ६ः१५ मा दुर्घटना भएको हो भने बेलुका ७ः३० मा अस्पतालले ५ जनाको मृत्य भएको घोषणा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा पर्बत जिल्ला कुस्मा न.पा. पिपलटारी बस्ने बर्ष ३५ वर्षका श्याम प्रसाद तिवारीको नाम खुलेको छ भने अन्य मृत्यु हुनेको पहिचान खुल्न नसकेपनि बर्ष ३५ को एक जना पुरुष, २५/३० वर्षकी महिलाको पुरानो मेडिकल कलेज परतपुरमा मृत्यु भएको जनाईएको छ । सोही अस्पतालमा उपचारको क्रममा नाम, थर र ठेगााना नखुलेको बर्ष २५/२६ को पुरुषको उपचार भईरहेको र उनको अवस्था गम्भिर रहेको जनाईएको छ । उता अर्को १ जना नाम थर वतन नखुलेकी बर्ष ३५/४० की महिलाको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक शुसिल पाण्डेले जानकारी दिए अनुसार भण्डारा बजारबाट केहि किलोमिटर उत्तरमा चेपाङ राजमार्ग अन्तर्गत चौकी डाँडाको ओरालो क्षेत्रमा ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना मा परेको थियो । उनले दुर्घटना भएको स्थानमा स्थिती भयानक देखिएकोे र ओभर स्पिडनै दुर्घटनाको कारण भएको बताए ।
पाण्डेले अहिले दुर्घटना हुनको कारण बारे अनुसन्धान भईरहेको बताउदै प्रारम्भिक अनुमान अनुसार पहाडी क्षेत्र अमृतपानीबाट अटो आएको हुन सक्ने र यात्रुहरु पर्सा वा रसौली तिरको हुन सक्ने बताए ।
प्रहरीले घाइतेको उद्धार गर्दै तत्काल ४ जनालाई दुईवटा एम्बुलेन्समा र २ जनालाई प्रहरी भ्यानमा राखि पर्सासम्म लगि त्यहाबाट अर्को एम्बुलेन्सको ब्यवस्था गरि पुरानो मेडिकल कलेज र भरतपुर सरकारी अस्पताल पुर्याएको थियो । ओरालो सडकमा तिव्र गतिका कारण अनियन्त्रित भई अटो पहरामा ठोकिएर दुर्घटना भएको जनाईएको छ ।