स्थापना दिवशको अवसरमा दिपाङ्ग सरसफाई

सुमन जिसी, लेखनाथ : दिपाङ्गताल मत्स्य तथा कृषि उत्पादन सहकारी संस्थाको चौथो स्थापना दिवशको अवसर पारेर वृहत दिपाङ्गताल सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्गले यस किसिमको कार्यक्रमले तालको सुन्दरतामा महत्वपूर्ण भुमिका खेलने विचार व्यक्त गरेका थिए । पर्यटन वर्ष २०२० को अवशरमा आन्तरीक तथा विदेशि पर्यटक लाई यस स्थान सम्म ल्याउनको लागि तालको सरसफाईमा विशेष ध्यान दिनु पर्ने र वडाको तर्फ बाट सहकार्यको लागि आफु सधै तयार रहेको विचार व्यक्त गरेका थिए ।

राईजिङ स्टार यूथ क्लव, जनएकता यूवा क्लव, आमा समुह, विभिन्न टोलविकाश संस्था तथा संस्थाका सदस्यहरुको सहकार्यमा गरिएको सरसफाई कार्यक्रममा करिव १० बोरा फोहोर संकलन गरिएको र उक्त फोहोरलाई फोहोरको आधारमा वर्गिकृत गरि व्यवस्थापन गरिएको राईजिङ स्टार यूथ क्लव अध्यक्ष विष्णु गुरुङ्गले बताएका छन् ।

उक्त सरसफाई कार्यक्रम दिपाङ्गताल मत्स्य तथा कृषि उत्पादन सहकारी संस्था अध्यक्ष बोधराज लामिछानेको सभापतित्वमा भएको कार्यक्रमको संचालन संस्थाका सचिव गोविन्द वाग्लेले गरेका थिए ।

.