मेयर रेनुको नयाँ कदम :भरतपुरमा साइकल लेन बनाउन महानगर तयार

भरतपुर :  उद्योग वाणिज्य संघ चितवन, साइकल व्यवसायी संघ चितवन–नवलपुर, चितवन साइकल साइकल राईर्डस क्लब चितवनले साइकल लेनयुक्त भौतिक पूर्वाधार निर्माण गर्न महानगरको ध्यानाकर्षण गराएको छ । शुक्रबार उद्योग वाणिज्य संघ चितवनबाट साइकल ¥याली सहित आएका व्यवसायीले साइकल लेन बनाउन माग गरे । मेयर रेनु दाहाल, उपमेयर पार्वती शाहलाई ज्ञापनपत्र बुझाए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले प्रदुषण रहित सवारीको साधन साइकल तथा इलेक्ट्रिक साइकलको प्रयोग बढाउन साइकल लेन बनाउनुपर्ने बताए । पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन साइकलमैत्री वातावरण बनाउनुपर्ने बताए । “विगतमा गाउँघरका बाटामा सहजै साइकल चलाउन सक्ने अवस्था थियो, अहिले आधुनिक सवारीको चापले सडकको ट्राफिक जाम बढेको छ, गन्तव्यमा पुग्नै ढिलो हुन थालेको छ, दुर्घटना बढेका छन्, साइकल लेन पूर्वाधार विना साइकल चलाउन डर छ ।” उनले बढी साइकल चलाउने वातवरण सृजना गर्न महानगरको ध्यानाकर्षण गराए ।

साइकल व्यवसायी संघ चितवन–नवलपुरका निवर्तमान अध्यक्ष साइकल अभियन्ता धर्मराज सापकोटाले बजार क्षेत्रमा साइकल स्ट्याण्ड निर्माण गर्नुपर्ने, पर्यटक घुमाउन साइकल उपोगको नीति अवलम्बन गर्नुपर्ने, सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई साइकल वितरण कार्यक्रम हुनुपर्ने माग गरे । अध्यक्ष श्याम खरेलले हप्तामा एक दिन सवारी रहित घोषण गरि अत्यावश्यक सवारी बाहेक इन्धन खपतका सवारीलाई निरुत्साहित गर्दै साइकल संस्कृतिको विकास गर्न गुरुयोजना बनाउनुपर्ने बताए । क्लबका अध्यक्ष नविन खरेलले विद्यार्थीलाई साइकल प्रयोगमा प्रोत्साहन गर्नुपर्ने, खेलकुद र मनोरञ्जनका लागि पहाडी क्षेत्रमा साइकल ट्याक बनाउनुपर्ने, साइकल प्रयोगबारे जनचेतनामुलक सूचना सम्प्रेशषण गर्नुपर्ने लगायतका १० बुँदे मागहरु बुझाइएको जानकारी दिए ।

मेयर दाहालले महानगरिय नमुना सडकका रुपमा साइकल लेन सहितका सडक निर्माण प्रक्रिया अघि बढेको बताइन् । उनका अनुसार चौविसकोठी–त्रिचोक–धर्मचोक–विशालचोक–जगन्नाथ चोक, हाकिमचोक–हस्पिटलचोक, हाकिमचोक–जयनेपालचोक–मखनचोक–टाँडी चोक, शहिदचोक–बेलचोक–धर्मचोक सडक साइकल लेन सहित विस्तार हुनेछ । यस्तै निर्माणाधिन गोन्द्राङ–पुलचोकको ६ लेन सहित सडक, ४ लेनको बाइपास सडकमा सर्भिस लेन हुने जानकारि दिइन् । उनका अनुसार साइकल लेन सहितको सडक बनाउन महानगरले साढे २ करोडको बजेट विनियोजन गरेको छ । केन्द्र, प्रदेश सरकारसँथ थप बजेट माग गरेर साइकलमैत्री सडक बनाउन महानगर प्रतिवद्ध रहेको बताइन् । “साइकल लेन, फुटपाथमैत्री, हरियाली, ड्रेन सहितका महानगरीय नमुना सडक नीति पारित भइसकेको छ”, उनले भनिन्, “महानगरलाई साइकलमैत्री बनाउन हामी तयार छौँ ।” उनले साइकल लेनको माग गर्दै निरन्तर खबरदारी गर्न अनुरोध गरिन् । उनले यही वर्ष ३ सय छात्रालाई निःशुल्क साइकल वितरण गर्ने योजना रहेको बता