भरतपुरका वडा १६ का अध्यक्ष अमृत गरे सपथ ग्रहण

चितवन : चितवनको भरतपुर वडा नम्बर १६ का नवनिर्वाचित वडा अध्यक्ष अमृतराज हमाललाई आज सपथ ग्रहण गराईएको छ । साथै उनीले आज नै पदभार ग्रहण समेत गरेका छन् । हालै सम्पन्न उपनिर्वाचनबाट हमालले नेकपाबाट उम्मेदवार बनाईएका भक्तराज हमाललाई ३ सय ८ मतको अन्तरले पराजय गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए ।

महानगरमा आयोजित एक कार्यक्रमका विच भरतपुर महानगरकी मेयर रेनु दाहालले नव निर्वाचित वडाध्यक्ष हमाललाई सपथ ग्रहण गराएकी थिईन् । सपथ ग्रहण कार्यक्रममा मेयर रेनु दाहालले कानुनको अनुसार कसैको दवाव र प्रभावमा नपरी जनताको इच्छा र आकांक्षा अनुसार काम गर्न नवनिर्वाचित अध्यक्षलाई निर्देशन दिएकी थिईन् । कार्यक्रममा भरतपुरकी उपमेयर पार्वती शाहm नेपाली काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गएको असोजमा भरतपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष चतुरमान गुरूङको पेटको क्यान्सर कारण पीडित ६६ बर्षको उमेरमा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको थियो ।