कुखुरा व्यवसायी संघ पूर्वी चितवनमा हरिकृष्ण खनालको नेतृत्व

चितवन : कुखुरा व्यवसायी संघ, पूर्वी चितवनको अध्यक्षमा हरिकृष्ण खनाल चयन भएका छन् । संघको छैठौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनबाट खनाल अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।  रत्ननगरमा भएको साधारण सभाबाट १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ। संघको विधानमा एक निवर्तमान र एक जना विशिष्ट सदस्य हुने नियम छ जसअनुसार क्रमशः भीमनारायण श्रेष्ठ र रघुनाथ भट्ट उक्त पदमा रहेका छन् ।

त्यस्तै, उपाध्यक्षमा राममणि थपलिया, महासचिवमा पुरु खनाल, सचिवमा रामचन्द्र दवाडी, कोषाध्यक्षमा हरि अधिकारी, सदस्यहरुमा क्रमसः परशुराम अधिकारी, प्रकाशमणि सापकोटा, महेश पाण्डे, बुद्धिमान विक, कृष्ण सेढाईं, अशोक पोख्रेल, अनुप विसुराल, मेघनाथ पौडेल, सुमन सुवेदी (दिलीप) र महिला सदस्यमा अन्जना केसी निर्विरोध चयन भएका छन् ।

निर्वाचन मण्डलका संयोजक तथा संघका पूर्वअध्यक्ष ज्ञानबहादुर बिसुरालले सबै मिलेर निर्विरोध समिति चयन भएकोमा खुसी व्यक्त गरे । उनले अबको दिनमा नवगठित समितिले कुखुरा व्यवसायीको हकहितमा काम गर्ने विश्वास लिएको बताए । निर्वाचन समितिमा विनोद पोख्रेल, द्रोण लामिछाने रहेका थिए ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमका सभापति तथा हाल निवर्तमान भएका भीमनारायण श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै हालका दिनमा कुखुरा व्यवसाय नै धरासायी हुने स्थिति आएकोले सबै जना एकसाथ मिलेर अगाडि बढेमात्र कुखुरा व्यवसायी टिक्न सक्ने अवस्था आउने बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्रेदश नं ३ का सांसद घनश्याम दाहाल रहेका थिए । उनले पोल्ट्री क्षेत्रमा समस्या देखिएकोले सरकारी स्तरबाट केही न केही ठोस योजना ल्याउनु पर्ने बताए ।

कार्यक्रममा विशिस्ट अतिथि प्रदेश नं ३ कि सांसद् कञ्चन खनाल, अतिथिहरूमा क्रमशः नेपाल पोल्ट्री महासंघका सचिव त्रिलोचन कँडेल, रत्ननगर नगरपालिकाका प्रवक्ता राजेन्द्र हमाल, नेपाल कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष रघुनाथ भट्ट, नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी, नेपाल कुखुरा बजार व्यवस्थापन समिति उपाध्यक्ष निराजन खनाल, नेपाल कुखुरा अण्डा चल्ला वितरक संघका उपाध्यक्ष विनाद पोख्रेल, नेपाल किसान संघका अध्यक्ष झलक पौडेल, उद्योग वाणिज्य संघका राजाराम रेग्मीलगायतको उपस्थिति रहेको थियो ।