पूजा सहकारीमा फेरि चोरी

चितवन : पूर्वी चितवनको रत्ननगर–१, बकुलहरमा रहेको पूजा बचत तथा ऋण सहकारी संस्था लिमा गए राती फेरि चोरी भएको छ ।  केहि दिन अघि मात्र पनि सो संस्थामा चोरी भएको थियो भने फेरि १ महिना भित्रमानै मंगलबार राती पनि चोरी भएको हो । सहकारी रहेको भवनको पछाडीको च्यानल गेट फोरेर पहिल्लो तल्लामा रहेको सहकारीको पनि च्यानल गेटमा लगाएको ताला फोरी चोर पसेकोे देखिन्छ ।

सहकारीका अध्यक्ष सदानन्द आचार्यले दिएको जानकारी अनुसार ठुलाठुला गलहरु लिएर चोरहरु छिरेको र संस्थामा रहेको सेफ -भल्ट- लाई लान खोजेको भएतापनि नसकेर औजारहरु छोडेको बताए । उनले संस्थाको सिसी क्यामरा काटेर फालेको र पैसा भने केहि नलगेको देखिएको बताए । त्यस्तै सोहि राती सौराहा चोकमा रहेको किराना पसलमा पनि चोरी भएको छ ।

ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेष रिमालका अनुसार पहिला पनि चोरी भएको सो संस्थामा पुन यसरी चोरी हुनु आफैमा सोचनीय विषय भएकाले अनुसन्धानबाट केही न केही चाडै खुल्ने बताए । उनले पछिल्लो पटक चोरीका घटना बढेसंगै रत्ननगरमा सिसी क्यामरा जडान नगरी नहुने देखीएको बताए । रिमालले यो बिषयमा रत्ननगर नगरपालीकाका नगर प्रमुख नारायण बनसंग पनि कुरा भएको र यस बिषयमा पहल भईरहेको बताए ।
चोरीको यकिन विवरण भने आइसकेको छैन ।