प्रहरी श्रीमती संघद्धारा चितवन मानव सेवा आश्रममा नगदसहित खाद्यान्न सहयोग (फोटोफिचर)

चितवन : नेपाल प्रहरी श्रीमती संघले चितवन मानव सेवा आश्रम आश्रितलाई खाद्यान्न तथा जिन्सी सामानहरु सहयोग प्रदान गरेको छ । विश्व अपागंता दिवसको अवसर पारेर आज चितवन आश्रममा आयोजित एक कार्यक्रमका विच न्यानो कपडासहित नगद, खाद्यान्न तथा जिन्सी सामानहरु सहयोग प्रदान गरिएको हो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले आश्रमका उपाध्यक्ष विनोद ढकाललाई एक कार्यक्रम बीच ५१ हजार रुपैयाँ नगद तथा यानो कपडा, खाद्यान्न तथा जिन्सी सामानहरु जिन्सी हस्तान्तरण गर्नुभएको थियो । 

सो अवसरमा संघकी अध्यक्ष अर्यालले मानव संरक्षण विना केहि पनि हुन नसक्ने देखेर यो पटक आश्रमका अपागंता तथा दिनहिनहरुलाई सहयोग प्रदान गरेका बताउनुभयो ।

उहाँले समाजिक सेवा गर्ने पुनित उदेश्यले स्थापना भएको यस संघले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुहुदै विगतमा झैं संघले जोडो भएसगैँ यहाँ आश्रित मावनहरुलाई सानै भए पनि सहयोग प्रदान गरेको बताईन् ।

नेपाल प्रहरी श्रीमती संघद्धारा प्रदान गरिएको जिन्सी समानहरुमा न्यानो कम्बल ४५ थान, ५० केजी दाल, १२ केजी चियापत्ती, २ कार्टुन तेल, ४ कार्टुन लुगाधुने साबुन, १ सय पिस नुहाउने साबुन, २५ केजी वोडी, ५० केजी चिनी, ४८ प्याकेट सर्वोतम पिठो, १ सय २२ केजी आलु, ८ कार्टुन विष्कुट, २केजी जिरा र ५० केजी नुन रहेको छ ।

आश्रमका उपाध्यक्ष विनोद ढकालले स्वागत मन्तव्य व्यक्त गरेको सहयोग प्रदान कार्यक्रममा जुनियर प्रहरी तालि केन्द्र भरतपुरका प्रमुख डिआईजी हरिभक्त प्रजापति, चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल प्रवक्ता डिएसपी एकनारायण कोईराला, संघकी महासचिव अनु पोख्रेरल, सचिव कविा पाल, कोषध्यक्ष विपना रेग्मी, सहसचिव अजिता पन्त लगायतले बोलेका थिए ।

आश्रमले हालसम्म १ सय ५९ जनाको उद्धार, ८६ जनाको पुनस्थापना र ३१ जनाको स्वर्गवास भएको छ । भने हाल आश्रममा १० जना पुरुष, ३० जना महिला, १ जना बालक र ३ जना स्टापसहित ४४ जना आश्रीत छन् ।

.