सरसफाई विना स्मार्ट सिटि असम्भव : उपमेयर पार्वती (फोटोफिचर)

चितवन : भरतपुर महानगरकी उपमेयर पार्वती शाहले भरतपुर छिटै वैज्ञानिक तवर फोहर व्यवस्थापनको तयारी गर्न लागेको बताईन् । बालकुमारी माविको स्वर्ण महोत्सवव अन्तर्गत सप्ताहव्यापी सरसफाइ कार्यक्रम उद्वघाटन समारोहामा सम्बोधन गर्दै उपमेयर शाहले भरतपुरबाट देशैलाई देखाउने गरि वैज्ञानिक ढगंको फोहर व्यवस्थापन नमुना बन्ने दावी पनि गरिन् ।
उनले चेतनाको स्तर वृद्धि आफैबाट सुरु गर्नुपर्ने भन्दै सरसफाईको लागि सबै जागरुप बन्न अनुरोध पनि गरिन् ।
“निरोगी हुन सरसफाइ महत्वपुर्ण उनले भनिन् भित्री रूपमा पनि सकारात्मक सोचका साथ आफैबाट सुरू गर्नुपर्छ, कसैको बाटो होईन् आफुनै गर्छु भन्ने भाव राख्नुपर्छ । ”
उनले भरतपुर महानगरले अरूका लागि के सिकाउन सक्छौ भन्ने सोचलाई पहिलो प्रथामिकता दिएर काम गरेको बताईन् । उनले आफु परिवर्तन भएर समय अनुसार परिवर्तन भए सुखी नेपाली समृद्धि नेपालीको सपना समेत साकार हुने जोड दिईन् ।
“स्मार्ट सिटीका लागि सरसफाइ आवश्यक छ, केन्द्र भागमा भरतपुर छ, हामी देखाए देशले देख्नेछ उनले भनिन्, सरसफाई विना स्मार्ट सिटि असम्भव भएकोले सरसफाइ महानगरको अभियान निरन्तरता छ । ”
कार्यक्रम विद्यालयकी शिक्षिका तथा सरसफाई कार्यक्रमकी सयोजक करूणा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका विष्णुमाया दवाडीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । विद्यालयका शिक्षकसुरेन्द्र असफलले सञ्चालन गरेको कार्यक्रममा प्रचार्य नारायणबहादुर थापा, पूर्व शिक्षिका सरस्वती रिजालसहित विद्यार्थीहरु मिलेर झण्डै १ घण्टा सरसफाईमा सरिक भएको स्वर्ण महोत्सव प्रचारप्रसार समितिका संयोजक सुमन गैरेले जानकारी दिए । सोही अवसरमा उपमेयर शाहले विद्यालयलाई विभिन्न सरसफाईका सामग्रीहरु प्रदान समेत गरेकी थिईन् ।