सपना भिलेजको सोसल इम्प्याक्ट परियोजना इच्छाकामनामा

चितवन :  सीमान्तकृत चेपाङ्ग सामुदायको आयआर्जन,शिक्षा,स्वास्थ्य,आवास,खानेपानी लगायतका क्षेत्रमा निश्वार्थ रुपले काम गर्दै आएको सपना भिलेजको सोसल इम्प्याक्ट परियोजनाले चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा परियोजना संचालन गर्ने भएको छ ।
परियोजना र गाउँपालिकाबिच सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको वडा नम्बर एक काउलेमा कार्यक्रम संचालन गर्ने सहमती भएको हो ।
सामाजिक आर्थिक स्वास्थ्य लगायतका क्षेत्रमा यस परियोजनाले काम गर्ने सपना भिलेज सोसल इम्प्याक्टले जनाएको छ ।
गाउँपालिकाको ४० प्रतिशत र सोसल इम्प्याक्ट परियोजनाको ६० प्रतिशत लगानीमा कार्यक्रम संचालन गर्ने सहमती भएको कार्यक्रम निर्देशक सुजन बस्नेतले बताउनुभयो ।

यस अघि पनि उक्त परियोजनाले कालिका नगरपालिकाको सिद्धिमा विभिन्न चरणमा पाँच बर्षे कार्यक्रम संचालन गरेका थिए । उक्त परियोजना पछि चेपाङ्ग समुदायको आननीवानी परिवर्तन संगै आर्थिक सुधार आएका छन् ।